२०८३, ३० श्रावण आईतबार

अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या ४१ हजार नाघ्यो

अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या ४१ हजार नाघ्यो


काठमाडौं, ८ वैशाखः अमेरिकामा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ४१ हजार नाघेको छ । जोन हप्किन्स विश्वविद्यालयकाका अनुसार अमेरिकामा यस भाइरसबाट ४१ हजार ३७९ जनाको मृत्यु भएको हो । ७ लाख ६९ हजार बढीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

ह्वाइटहाउसमा आयोजित प्रेस ब्रिफिङमा राष्ट्रपति डोनाल्ड ट्रम्पले हालसम्म ४१ लाख ८० हजार अमेरिकी नागरिकमा कोरोना भाइरस टेष्ट गरिएको जानकारी दिए । उनले बढीभन्दा बढी व्यक्तिको परीक्षण गरिने पनि बताए ।

उनले अमेरिकाले जति परीक्षण अरु कुनै पनि देशले नगरेको दाबीसमेत गरे । साथै कोरोनाविरुद्ध लड्न आवश्यक आर्थिक सहयोगका लागि डेमोक्रेट पार्टीका नेताहरुसँग छलफल गर्ने जानकारी पनि ट्रम्पले दिएका छन् । उनले महामारी फैलिनबाट रोक्नका लागि भूमिका खेलेको भन्दै न्यूयोर्कका गभर्नर कुमोलाई धन्यवादसमेत दिएका छन् ।

‘न्यूयोर्कको स्थिति पहिलेको भन्दा राम्रो’

अमेरिकामा कोरोना भाइरस संक्रमणको केन्द्र न्यूयोर्क हो । यद्यपि न्यूयोर्कमा भने नयाँ संक्रमितको संख्या घटिरहेको त्यहाँका गभर्नर एन्ड्रयु कुमोले बताएका छन् । उनले भनेका छन्, ‘यदि कोरोना संक्रमणका नयाँ बिरामीको संख्या यसैगरी घटिरह्यो भने न्यूयोर्कको स्थिति पहिलेको भन्दा राम्रो हुँदै गएको मान्नुपर्छ । तर यो स्थिति यस्तै रहन्छ कि रहँदैन भन्ने कुरा अहिल्यै केही भन्न सकिँदैन ।’

साथै उनले आगामी सातादेखि न्यूयोर्क राज्यभर कोरोनाको एन्टीबडी टेस्टिङ अभियान सुरु गरिने बताएका छन् । संक्रमणको वास्तविक अवस्था पत्ता लगाउन हरेक हप्ता १४ हजार जनाको कोरोना टेस्ट गरिने उनको भनाइ छ ।

प्रकाशित मिति : २०७७, ८ बैशाख सोमबार  ७ : ५० बजे

एमालेको रूपान्तरण बहसमा ओलीको कडा असन्तुष्टि, ‘हुल्याहाहरूको हुलदङ्गा’ भन्दै चेतावनी

इलाम । नेकपा एमालेभित्र नेतृत्व र संगठन पुनर्गठनको बहस चर्किरहेका

इन्डोनेसियामा ७.७ को शक्तिशाली भूकम्प, पाँच जनाको मृत्यु

काठमाडौं । इन्डोनेसियाको पूर्वी क्षेत्रमा शनिबार बिहान ७.७ म्याग्निच्युडको शक्तिशाली

बेलायतमा डढेलोको भयावह अवस्था, आगो निभाउन गोर्खा सैनिक परिचालन

बेलायतमा डढेलोको भयावह अवस्था, आगो निभाउन गोर्खा सैनिक परिचालन लन्डन

कांग्रेसमा फेरि रडाकोः देउवा समूहले गगन-विश्वप्रकाशको ‘विशेष महाधिवेशन’लाई भन्यो दुर्घटनाको सुरुवात

काठमाडौं । नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्रको पछिल्लो विवाद तत्काल

८०औँ स्वतन्त्रता दिवसमा मोदीको ७६ मिनेटको सम्बोधनः ‘दिमागी नक्सल’देखि विकसित भारतसम्म

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको ८०औँ स्वतन्त्रता दिवसका