२०८३, २० आश्विन बुधबार

पनौतीका मेयर न्यौपानेले गरे ३४ पैदल यात्रीको उद्धार

पनौतीका मेयर न्यौपानेले गरे ३४ पैदल यात्रीको उद्धार


धुलिखेल, ६ बैशाखः पनौती नगरपालिकाका मेयर भिम प्रसाद न्यौपानले ३४ जना पैदल यात्रीलाई सुरक्षित ढंगले उनीहरुको गन्तब्यमा पुर्याइदिएका छन् । सिन्धुलीको गोल्जोर गाउँपालिकाका उनीहरु काठमाण्डौबाट हिड्दै हिजो साँझ कुशादेवी आइपुगेका थिए ।

साँझ मेयर न्यौपानेकै समन्वयमा वडा नम्बर ३ डिहीका स्थानीयले उनीहरुलाइ खानपानको ब्यवस्था गरेका थिए । मेयर न्यौपानेले सिन्धुलीको गोल्जोर गाउँपालिकासँग समन्वय गरेर शनिबार बिहानै गाडी मार्फत उनीहरुलाई गन्तब्यमा पुर्याएका हुन् । ‘हिजो साझँ उच्च सतर्कताका साथ उहाँहरुलाई खाना खुवाएर राख्यौ, मेयर न्यौपानेले भने ‘बेलुका नै समन्वयको काम सकाएर विहान गन्तब्य तर्फ गाडी मार्फत पठाइएको हो ।’

उनीहरु ललितपुरको लाकुरी भञ्ज्याङ नाका हुदैँ कुशादेवी आइपुगेका थिए । महिला तथा बालबालिकाहरु हिड्दै आफ्नो गन्तब्य तय गरेको थिए । काभ्रे प्रशासनले विभिन्न नाका भएर जिल्ला प्रवेश गर्ने पैदल यात्रीलाई समेत निकै कडाइ गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले समेत प्रदेश सरकार र स्थानीय तहले राजधानीबाट आ–आफ्नो घर फर्किएकालाई समन्वय गरेर उद्धार गर्न निर्देशन दिएका थिए ।

प्रकाशित मिति : २०७७, ६ बैशाख शनिबार  ९ : १९ बजे

वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौंमा जारी १५औँ महाधिवेशनअन्तर्गत आज बिहान

गगन थापाको बाटो खुल्यो, किशोर राठौरले छाडे सभापतिको दौड

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह

कांग्रेस महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा कुन समूहमा को–को भिड्दै छन् ?

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीका विभिन्न समूहमा उम्मेदवारी

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बस्ने भएको