२०८३, २० आश्विन बुधबार

खानीखोला गाउँपालिकाको ३ वटा वडाको संयुक्त बैठक (यस्ता छन् निर्णय)

खानीखोला गाउँपालिकाको ३ वटा वडाको संयुक्त बैठक (यस्ता छन् निर्णय)


धुलिखेल, ५ बैशाखः काभ्रे विकट क्षेत्रमा पर्ने खानीखोला गाउँपालिकाको तीन वटा वडाको संयुक्त बैठक बसेको छ । वडा न. १, २ र ६ को संयुक्त बैठक बसेको हो । बैठकले नाका सिल गर्ने देखि स्वयम सेवक खटाउनेसम्मको निर्णय गरेको छ ।

१ को वडाको कार्यालय दयागाउँमा बसेको बैठकले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि च्याल्टि फलामेटार सडक, खोपासी ताल्ढुङ्गा सडक सहित तीन वटा वडाभित्र प्रवेश गर्ने सबै सिमा नाका सिल गर्ने निर्णय गरेको छ । नाकाबाट हुने मानिसको आवातजावात रोक्न स्वयमसेवक परिचालन गरिनेछ ।

बैठकले अत्यावश्यक र पास बाहेकको सबै सवारी साधनमा रोक लगाउने र वडालाई आवश्यक पर्ने खाद्यान्न सामाको सूची तयार पारेर सवारी पासका लागि गाउँपालिकामा सिफारिस गर्ने निर्णय गरेको छ । बैठकले गाउँपालिकाको निर्णय अनुसार लकडाउनको समयमा विवाह, ब्रतबन्ध, पास्नी लगायत भोजभतेर लगायतका कार्य नगर्न अनुरोध गरे पनि जवरजस्ती नियमको उलंघन गर्नेलाई सङ्क्रामक रोग नियन्त्रण ऐन २०२० अनुसार कार्वाहीको लागि गाउँपालिका सिफारिस गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति : २०७७, ५ बैशाख शुक्रबार  ९ : ४७ बजे

वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौंमा जारी १५औँ महाधिवेशनअन्तर्गत आज बिहान

गगन थापाको बाटो खुल्यो, किशोर राठौरले छाडे सभापतिको दौड

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह

कांग्रेस महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा कुन समूहमा को–को भिड्दै छन् ?

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीका विभिन्न समूहमा उम्मेदवारी

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बस्ने भएको