२०८३, ३० भाद्र बुधबार

काभ्रेका दुई युवाको स्वाब परिक्षण रिपोर्ट नेगेटिभ

काभ्रेका दुई युवाको स्वाब परिक्षण रिपोर्ट नेगेटिभ


धुलिखेल, ३ बैशाखः हिजो र्यापिड टेष्टमा पोजेटिभ देखिएका काभ्रेको बेथानचोक गाउँपालिका वडा नम्बर ५ का १ जना र मण्डनदेउपुर नगरपालिका वडा नम्बर ३ का १ जना युवाको स्वाब परिक्षण रिपोर्ट भने नेगेटिभ आएको छ ।

उनीहरुलाई हिजो नै धुलिखेल अस्पतालमा ल्याएर आइसोलेसन कक्षमा राखिएको थियो । आज परिक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डाक्टर नरेन्द्र कुमार झाले जानकारी दिए ।

धुलिखेल अस्पतालमा रामेछाप स्थायी ठेगाना भई हाल बनेपा नगरापालिकामा अस्थायी रुपमा बसोबास गर्ने २ जना र सनसिटी अपार्टमेन्टमा बस्ने धुलिखेल नगरपालिका वडा नम्बर ७ का एक जना युवाको पनि स्वाब रिपाेर्ट नेगेटिभ आएको डाक्टर झाले पुष्टि गरे ।

काभ्रे जिल्लामा बुधबार ५० जना समेत गरी जम्मा २६३ जनाको र्यापिट टेष्ट विधि मार्फत कोरोना भाइरसको परिक्षण गरिएको छ । काभ्रेमा फागुन ३० गतेदेखि हालसम्म विदेशबाट २२१ जना भित्रिएका छन् । जिल्लामा १३ वटा आइसोलेसन कक्ष रहेको छ । त्यस्तै २८८ शैयाको क्वारेन्टाइन तयारी अवस्थामा रहेको जिल्ला स्वास्थ्य कार्यालय धुलिखेलले जनाएको छ ।

आज लकडाउन उल्लंघन गर्ने २१ वटा मोटरसाइकल, ४ वटा स्कुटर र १ वटा कार र बोलेरो गाडी २ गरी २८ वटा सवारी साधन कारबाहीमा परेका छन् । प्रशासनले सिमा नाकामा कडाइ गरेपछि हिडेरै घर जान लागेको यात्रुहरु विचल्निमा परेका छन् ।

प्रशासनले अरनिको र बीपी राजमार्गमा अनावश्यक हिडडुल गर्ने ब्यक्ति र अत्यावश्यक सेवा बाहेकका सवारी साधन सञ्चालनमा पूर्ण निषेध गरेकाे छ ।

प्रकाशित मिति : २०७७, ३ बैशाख बुधबार  ६ : २६ बजे

सांसद बोलिरहेकै बेला गृहमन्त्री हिँडेपछि सदनमा बबाल, ऐन महरले सोधे-‘मर्यादा प्रतिपक्षले मात्रै राख्ने हो ?’

काठमाडौं । प्रतिनिधिसभामा सांसद बोलिरहेका बेला गृहमन्त्री अगाडिबाट हिँडेपछि नेकपा एमालेका

एमालेको प्रधानमन्त्रीलाई चेतावनी : ‘एक्लै काफी छु’ भन्ने अहंकार नदेखाउनू

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री बालेन शाहलाई विपद्को समयमा ‘एक्लै काफी

चीनको बढ्दो प्रभावले बदलिँदै विश्व व्यवस्था, अमेरिका–चीन द्वन्द्वको जोखिम उच्च

काठमाडौं । चीनले राष्ट्रपति सी चिनफिङको नेतृत्वमा विश्व व्यवस्थामा आफ्नो

अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैँ तिहारलाई लक्षित गर्दै बैंक

सूर्यविनायक गणेश रथारोहण एवं रथ जात्राको तयारी पुरा

भक्तपुर, २९ भदौ : गणेश जन्मोत्सवको अवसरमा उपत्यकाका चार विनायक