२०८३, १८ श्रावण मंगलबार

मण्डनदेउपुरका मेयर वाइबाले भने ‘विकास निर्माणमा छिट्टै पहिलेकाे अवस्थामा फर्किने छौँ’

मण्डनदेउपुरका मेयर वाइबाले भने ‘विकास निर्माणमा छिट्टै पहिलेकाे अवस्थामा फर्किने छौँ’


धुलिखेल, १ बैशाखः काभ्रे जिल्लाकै कान्छो नगरपालिका,  मण्डनदेउपुर नगरपालिकाका मेयर टोक बहादुर वाइबाले विकास निर्माणमा छिट्टै पहिलेकै अवस्थामा फर्किने विश्वास ब्यक्त गरेका छन् । नयाँ वर्ष २०७७ सालको अवसरमा नगरबासीलाई शुभकामना दिदैँ मेयर वाइबाले अहिले विश्व ब्यापी महामारीको रुप लिइरहेको कोरोना भाइरस विरुद्धको लडाइ जित्ने र विकास निर्माणका योजनालाई सार्थक ढंगबाट अघि बढाउने बताएका हुन् ।

मेयर वाइबाले शुभकामना सन्देशमा भनेका छन् ‘काभ्रे जिल्लाको सबैभन्दा कान्छो यस नगरपालिका पनि विकास निर्माणमा अघि बढिरहेकै थियाे। हामीले अघि सारेका कतिपय योजनाहरु तत्काललाई थाँति राख्दै मानव जातिकै रक्षाका लागि सम्पूर्ण ध्यान केन्द्रित गरेका छौँ । मलाई दृढ विश्वास छ हामी पुनः विकास निर्माणमा पहिलेकै अवस्थामा फर्किने छौँ । ‘कृषि र पर्यटन, देउपुर र मण्डन’ भन्ने नगरपालिकाको नारालाई सार्थक बनाउने छौँ ।’

शुभकामना सन्देश मार्फत उनले २०७२ सालको भुकम्पमा  मण्डनदेउपुर क्षेत्रबाट धेरैले धनजनको क्षति ब्यहोर्नु परेको कुरा स्मरण गर्दै कोरोना भाइरसको संक्रमण फैलिन नदिन नगरपालिका, प्रदेश र संघ सरकारले अघि सारेका प्रयासहरुलाई सकारात्मक रुपमा लिएर ब्यवहारमा उतार्न आग्रह गरेका छन् । मेयर वाइबाले तीन तहकै सरकारले कोरोना भाइरस नियन्त्रणका लागि अघि सारेको अभियानमा नगरबासीले साैहार्दपूर्ण साथ, सहयोग र सद्भाव दिएको भन्दै आगामी दिनमा पनि यस्तै साथ र सहयोगको अपेक्षा गरेको बताएका छन् ।

सन्देशमा उनले काेराेना भाइरस नियन्त्रण गर्ने  यो अभियानमा उच्च मनोबलका साथ सक्रिय रहनुभएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, जनप्रतिनिधि, आम कर्मचारी,नगरबासी, राजनीतिक दल, नागरिक समाज र पत्रकारलाई नगरपालिकाको तर्फबाट सम्मान ब्यक्त गरेका छन् ।

प्रकाशित मिति : २०७७, १ बैशाख सोमबार  ७ : २९ बजे

नसर्ने रोगको जोखिम रोक्न सूर्यविनायक र बेथानचोकको सहकार्य – औषधिभन्दा चेतना ठूलो : संयोजक रविन्द्र सापकोटा

भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका र काभ्रेको बथानचोक गाउँपालिकाको स्वास्थ्यकर्मीलाई

सेनासँग समन्वयमै बागमती करिडोर विस्तार भएको रास्वपा सांसद पाण्डेको दाबी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद राजुनाथ पाण्डेले

प्रदेश सरकार गठनको बहसबीच युवा संघका नेता लामाको सन्देश : “सरकारभन्दा पार्टी र संगठन बलियो हुनुपर्छ”

काठमाडौं । प्रदेश सरकार गठनलाई लिएर राजनीतिक वृत्तमा बहस चलिरहेका

थपलिया बेहोस नभई भावुक हुँदा गला अवरुद्ध भएको हो : महेश बस्नेत

काठमाडौं । नेकपा (एमाले) सचिव तथा बागमती प्रदेश इन्चार्ज महेश

एमाले नेता थपलिया अस्वस्थ, वीर अस्पतालमा उपचार जारी

काठमाडौं । नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ