२०८३, १९ श्रावण बुधबार

पाँचखाल नगरपालिकाले काट्यो स्वास्थ्य कर्मीको १७ प्रतिशत तलब

पाँचखाल नगरपालिकाले काट्यो स्वास्थ्य कर्मीको १७ प्रतिशत तलब


धुलिखेल, २८ चैतः काभ्रेको पाँचखाल नगरपालिकाले स्वास्थ्य कर्मीको १७ प्रतिशत तलब कट्टी गरेको पाइएको छ । संघीय सरकारले स्वास्थ्य कर्मीको तलब कट्टी नगरेको स्पष्टीकरण दिइरहदाँ पाँचखाल नगरपालिकाले भने १७ प्रतिशत तलब कटौती गरेको स्वास्थ्य कर्मीहरुले बताएका छन् ।

नगरपालिकाले विपद् ब्यवस्थापन कोषका लागि ७० जना स्वास्थ्य कर्मीको तलब कटौती गरेको पाँचखाल स्वास्थ्य केन्द्रका प्रमुख डाक्टर अमन दत्तले जानकारी दिए । आफुहरुलाई थाहै नदिइ तलब कटौती गरेको भन्दै कर्मचारीहरुले विरुद्ध जनाएका छन् । एक महिनाको १ लाख ६५ हजार कटौती गरिएको छ ।

प्रमुख प्रशासकीय अधिकृत लोक बहादुर भण्डारीले कटौती गरेको तलब कर्मचारीहरुकै खातामा शुक्रबार नै पठाइसकेको दाबी गरे । तर पाँचखाल स्वास्थ्य केन्द्रका प्रमुख डाक्टर दत्तले भने अहिलेसम्म आफुहरुको खातामा रकम नगएको बताए । ‘प्रमुख कार्यकारी अधिकृतसँग कुरा भयो, मौखिक रुपमा हामी फिर्ता गर्नेछौ भन्नु भएको हो, डाक्टर दत्तले भने ‘तर लिखित निर्णय पनि भएको छैन्, अहिलेसम्म खातामा आएको छैन ।’नगरपालिकाले तलब कटौती गरेपछि स्वास्थ्यकर्मीहरुले आन्दोलनको तयारी गरेका छन् ।

प्रकाशित मिति : २०७६, २८ चैत्र शुक्रबार  ६ : ०९ बजे

नसर्ने रोगको जोखिम रोक्न सूर्यविनायक र बेथानचोकको सहकार्य – औषधिभन्दा चेतना ठूलो : संयोजक रविन्द्र सापकोटा

भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका र काभ्रेको बथानचोक गाउँपालिकाको स्वास्थ्यकर्मीलाई

सेनासँग समन्वयमै बागमती करिडोर विस्तार भएको रास्वपा सांसद पाण्डेको दाबी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद राजुनाथ पाण्डेले

प्रदेश सरकार गठनको बहसबीच युवा संघका नेता लामाको सन्देश : “सरकारभन्दा पार्टी र संगठन बलियो हुनुपर्छ”

काठमाडौं । प्रदेश सरकार गठनलाई लिएर राजनीतिक वृत्तमा बहस चलिरहेका

थपलिया बेहोस नभई भावुक हुँदा गला अवरुद्ध भएको हो : महेश बस्नेत

काठमाडौं । नेकपा (एमाले) सचिव तथा बागमती प्रदेश इन्चार्ज महेश

एमाले नेता थपलिया अस्वस्थ, वीर अस्पतालमा उपचार जारी

काठमाडौं । नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ