२०८३, ७ कार्तिक शनिबार

धुलिखेल अस्पतालमा उच्च ज्वरोका कारण एक महिलाको मृत्यु

धुलिखेल अस्पतालमा उच्च ज्वरोका कारण एक महिलाको मृत्यु


लिखेल २३ चैत : धुलिखेल अस्पतालमा उच्च ज्वरोका कारण एक महिलाको मृत्यु भएको छ । पनौती नगरपालिका–१२ कलाती भूमिडाँडा, मगरगाउँकी मधुमाया तामाङको मृत्यु भएको हो । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डाक्टर नरेन्द्र कुमार झाले तामाङकाे मृत्यु भएकाे पुष्टि गर्दै काेराेना भाइरसले हाे वा हाेइन भन्ने बारे स्वाबकाे परिक्षण रिर्पाेट आएपछि मात्रै बन्न सकिने बताए ।

मृतक तामाङकी २८ वर्षीय छोरी सुकुमाया तामाङ यही चैत ३ गते कतारबाट नेपाल आएकी हुन् ।  आमाको मृत्युपछि छोरी सहित उनको सम्पर्कमा रहेका व्यक्तिहरुलाई कोरोना भाइरसको आशंकामा धुलिखेल स्थित सञ्जीवनीमा तयार गरिएको क्वारेन्टाइनमा राखिएको छ । त्यस्तै एम्बुलेन्स चालकलाई समेत क्वारेन्टाइनमा राखिएको छ ।

क्वारेन्टाइनमा राखिएका सबैको स्वाब परीक्षणका लागि संकलन गरिएको छ । वडाध्यक्ष ईश्वर जंगमका अनुसार सुकुमाया भने गाउँमा एकदिन मात्रै बसेर काठमाण्डौ गएकी थिइन् । मृतकको शव धुलिखेल अस्पतालमै राखिएको छ ।

प्रकाशित मिति : २०७६, २३ चैत्र आईतबार  ६ : ३७ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना