२०८३, १९ श्रावण बुधबार

मण्डनदेउपुरको क्वारेन्टाइनमा फ्री वाइफाइ

मण्डनदेउपुरको क्वारेन्टाइनमा फ्री वाइफाइ


धुलिखेल, २० चैतः काभ्रेको मण्डन देउपुर नगरपालिकाले कोरोना भाइरस रोकथामका लागि सञ्चालन गरेको क्वारेन्टाइनमा निःशुल्क इन्टरनेटको सुविधा दिएको छ । नगरपालिकाले वडा नम्बर ६ डुम्रीडाँडा स्थित महादेव प्राथमिक विद्यालयमा सञ्चालन गरेको क्वारेन्टाइनमा निःशुल्क इन्टरनेटको ब्यवस्था गरेको हो ।

१७ बेड रहेको क्वारेन्टाइनमा अहिले विदेशबाट फर्किएका ८ जना बसिरहेका छन् । नगरपालिकाले कम्तिमा १४ दिन क्वारेन्टाइनमा राख्नेछ । जिल्लामा विदेशबाट फर्किएका यतिधेरै क्वारेन्टाइनमा राखेको मण्डनदेउपुर नगरपालिका नै पहिलो हो । एकै ठाउँमा लामो समय बस्नु पर्दा निकै असहज महशुस हुने भएकाले निःशुल्क इन्टरनेटको ब्यवस्था गरेको पालिकाका प्रवक्ता दिल्ली प्रसाद आयार्चले बताए । ‘लामो समय क्वारेन्टाइनमा बस्दा असहज हुन्छ, बाहिरी कुरा थाहा हुदैँन, प्रवक्ता आचार्यले भने ‘नेट भयो भने त सामाजिक सञ्जाल मार्फत बाह्य कुराहरु सहज रुपमा थाहा पाउँछन्, दिन कटाउन सजिलो हुन्छ ।’

नगरपालिकाले सञ्चालन गरेको क्वारेन्टाइन कक्षको जिल्ला स्तरमा गठन भएको कोभिड १९ कमाण्ड पोष्टका टोलीले बुधबार अवलोकन समेत गरेको छ । प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको कमाण्ड पोष्टको टोलीले क्वारेन्टाइन कक्ष अवलोकन गरेको सदस्य सचिव एवं जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डाक्टार नरेन्द्र कुमार झाले जानकारी दिए । ‘क्वारेन्टाइन मापदण्डभित्रै छ, डाक्टर झाले भने ‘त्यस बाहेक पनि अतिरिक्त सेवाहरु उपलब्ध गराइएको पाइयो, यसले क्वारेन्टाइनमा बस्ने मानिसलाई थप सहज हुनेछ ।’

नगरपालिकाले क्वारेन्टाइनमा बस्नेलाई निःशुल्क खानाको पनि ब्यवस्थापन गरेको नगरप्रमुख टोक बहादुर वाइबाले जानकारी दिए । उनका अनुसार स्वास्थ्य कर्मीहरुले बेला बेला उनीहरुको स्वास्थ्य परिक्षण समेत गर्ने गरेका छन् । ‘यो एउटा विषम परिस्थिति हो, यहाँ कोहि पनि रहर बस्ने आउने हैन, नगरप्रमुख वाइबाले भने ‘नगरपालिकाको दायित्व हो हरेक नागरिकलाई महामारीबाट जोगाउने, त्यो हाम्रो सामाथ्र्यले भ्याएसम्मको गरिरहेका छौँ ।’

काभ्रेको जिल्लाको ७ गाउँपालिका र ६ नगरपालिका गरी १३ वटा स्थानीय तह हालसम्म २३६ वटा क्वारेन्टाइन कक्ष तयारी अवस्थामा रहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डाक्टर झाले बताए । जिल्लामा धुलिखेल अस्पतालमा ८ र शीर मेमोरियल अस्पतालमा ५ गरी १३ आइसोलेसन कक्ष रहेको छ । पाँचखाल र भकुण्डेमा निर्माणका गरिएको १३ वटा आइसोलेसन कक्षले भने मापदण्डै पुरा गर्न सकेनन् ।

प्रकाशित मिति : २०७६, २० चैत्र बिहीबार  १२ : ३४ बजे

नसर्ने रोगको जोखिम रोक्न सूर्यविनायक र बेथानचोकको सहकार्य – औषधिभन्दा चेतना ठूलो : संयोजक रविन्द्र सापकोटा

भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका र काभ्रेको बथानचोक गाउँपालिकाको स्वास्थ्यकर्मीलाई

सेनासँग समन्वयमै बागमती करिडोर विस्तार भएको रास्वपा सांसद पाण्डेको दाबी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद राजुनाथ पाण्डेले

प्रदेश सरकार गठनको बहसबीच युवा संघका नेता लामाको सन्देश : “सरकारभन्दा पार्टी र संगठन बलियो हुनुपर्छ”

काठमाडौं । प्रदेश सरकार गठनलाई लिएर राजनीतिक वृत्तमा बहस चलिरहेका

थपलिया बेहोस नभई भावुक हुँदा गला अवरुद्ध भएको हो : महेश बस्नेत

काठमाडौं । नेकपा (एमाले) सचिव तथा बागमती प्रदेश इन्चार्ज महेश

एमाले नेता थपलिया अस्वस्थ, वीर अस्पतालमा उपचार जारी

काठमाडौं । नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ