२०८३, ७ भाद्र सोमबार

कोरोना भाइरस कुन सामानमा कति लामो समयसम्म जीवित रहन्छ ?

कोरोना भाइरस कुन सामानमा कति लामो समयसम्म जीवित रहन्छ ?


काठमाण्डौ, १३ चैतः कोभिड–१९ अर्थात् कोरोना भाइरस सतहमा पाँच दिनसम्म जीवित रहने देखिएकाले सरसफाइमा विशेष ध्यान दिनुपर्ने एक अध्ययनले देखाएको छ । अध्ययन अनुसार ढोकाको ह्याण्डल, गहना, चाँदीका भाँडा, प्लेट, मग, कचौरा, गमलालगायत माटोका सामग्री तथा सिसाका गिलास, बोत्तल, कचौरा र मगमा यो भाइरस पाँच दिनसम्म जीवित रहन्छ ।

साथै कोरोना भाइरस काठबाट बनेका फर्निचर, सजावटका सामग्रीमा चार दिनसम्म जीवित रहन्छ । प्लास्टिकका सामान जस्तै बसका सिट, झोला, बोत्तल तथा रेफ्रिजिरेटर, भाँडा, किचन बेसिनलगायतका सामानमा दुईदेखि तीन दिनसम्म कोरोनाको सङ्क्रमण जीवित रहने देखिएको हो ।

यस्तै कार्डबोर्डमा २४ घण्टा, तामाका भाँडा, पूजा सामान, पानी खाने जग लगायतमा चार घण्टा, आल्मुनियमका झ्याल ढोका, भाँडा, बोत्तलमा दुईदेखि आठ घण्टा, कागजमा केही प्रजाति केही मिनेट मात्रै जीवित रहन्छन् । त्यस्तै अन्य केही वस्तुमा पाँच दिनसम्म भाइरसको सङ्क्रमण जीवित रहने देखिएको वेभएमडीले जनाएको छ ।

कोरोना भाइरस अहिलेसम्म खाना र पानीमा भने पाइएको छैन । तर कुनै पनि फलफुल खानुअघि वा तरकारी पकाउनुअघि राम्रोसँग पखाल्न अध्ययनले सुझाव दिएको छ । सङ्क्रमित व्यक्तिले खोक्दा वा हाच्छ्युँ गर्दा उनीहरुको मुखबाट निस्कने कफ वा ओसिला छिटामा भाइरस हुन्छन् । नजिकै रहेको स्वस्थ्य व्यक्तिले सास फेर्दा ती भाइरसयुक्त छिटा शरीरभित्र पसेर उसलाई पनि भाइरस सर्ने गरेको अध्ययनमा संलग्न अनुसन्धानकर्ताले दाबी गरेका छन् ।

सतह वा वस्तु छोएको हातले मुख, नाक वा आँखा छोएमा पनि भाइरसको सङ्क्रमण फैलिने भएकाले राम्ररी साबुन पानीले हात धुन डाक्टरको सुझाव छ । तर कोभिड–१९ नयाँ भएकाले यस बारेमा थप अनुसन्धान हुन बाँकी छ ।

साभारः उज्यालाे अनलाइन

प्रकाशित मिति : २०७६, १३ चैत्र बिहीबार  २ : १६ बजे

संसद्को रेकर्डबाट इन्दिरा राना र रामबहादुर थापाका शब्द हटाइए

काठमाडौं । प्रतिनिधिसभाको अभिलेखबाट सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद

कांग्रेस महाधिवेशन रोक्न देउवा–खड्का सर्वोच्चमा, छुट्टाछुट्टै रिट

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्रको विवाद अदालत

सामाजिक सञ्जालले घरभित्रै दूरी बढायो’ : बालबालिकाका लागि सीमा तोक्न एमालेको माग

काठमाडौं । नेकपा एमालेले बालबालिकाको सामाजिक सञ्जाल प्रयोगलाई नियमन गर्न

कोशीमा कार्की सरकारलाई बलियो साथ, ५७ सांसदले दिए विश्वासको मत

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेशसभामा आफ्नो

लुम्बिनीमा फेरियो सत्ता समीकरणको तस्बिर, नेकपाबाट तीन मन्त्री थपिँदै

बुटवल । लुम्बिनी प्रदेश सरकारमा सत्ता साझेदारीको सहमतिले आकार लिन