२०८३, १२ आश्विन मंगलबार

काभ्रेका ८ स्थानीय तहका १३ हजार बालबालिकाले लगाए दादुरा-रुबेला विरुद्धको खोप

काभ्रेका ८ स्थानीय तहका १३ हजार बालबालिकाले लगाए दादुरा-रुबेला विरुद्धको खोप


धुलिखेल, १२ चैतः काभ्रेका १३ हजार बालबालिकाले दादुरा-रुबेला विरुद्धको खोप पाएका छन् । जिल्ला स्वास्थ्य कार्यालय धुलिखेलले जिल्लाको ८ वटा स्थानीय तहमा चैत २ गतेदेखि १० गतेसम्म पहिलो चरणको दादुरा–रुबेला विरुद्धको खोप कार्यक्रम सञ्चालन गरेको थियो । ९ महिना देखि ५ वर्ष मुनिका बालबालिकाका लागि दादुरा–रुबेला खोप लगाएका हुन् ।

जिल्ला स्वास्थ्य कार्यालय धुलिखेलका प्रमुख डाक्टर नरेन्द्र कुमार झाका अनुसार आठ स्थानीय तहको १३ हजार ६ सय ३ जना बालबालिकाले खोप लिएका छन् । जिल्ला स्वास्थ्य कार्यालयले भुम्लु, चौरीदेउराली, तेमाल, रोशी गाउँपालिका र मण्डनदेउपुर, धुलिखेल, पाँचखाल र नमोबुद्ध नगरपालिकामा पहिलो चरणको खोप कार्यक्रम सञ्चालन गरेको थियो ।

आठ स्थानीय तहका लागि १८ हजार ५ सय ९३ जना बालबालिकालाई खोप लगाउनुपर्ने लक्ष्य थियो । नगरपालिका तर्फ मण्डन देउपुरमा सबैभन्दा बढी ९२.४६ प्रतिशत बालबालिकाले खोप पाएका छन् । त्यस्तै गाउँपालिका तर्फ सबैभन्दा बढी भुम्लु गाउँपालिकाका ७० प्रतिशत बालबालिकाले खोप लगाएका छन् ।

दुबै चरणमा गरी जिल्लाका ३१ हजार ७ सय ९२ जना बालबालिकाले खोप लगाउने छन् ।

प्रकाशित मिति : २०७६, १२ चैत्र बुधबार  १ : ४७ बजे

अविरल वर्षाले राजमार्ग अस्तव्यस्त, दर्जनौँ सडकखण्डमा आवागमन प्रभावित

काठमाडौं । देशभर जारी अविरल वर्षासँगै आएको बाढी र पहिरोले

कांग्रेसको १५औँ महाधिवेशनमा युवा लहर, ४४ हजारले पाए जिम्मेवारी, एक लाख प्रतिस्पर्धामा

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमार्फत पार्टीको तल्लो तहदेखि केन्द्रीय

प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बिहान १० बजे सिंहदरबारस्थित संघीय

आजको मौसम : हिमाल–पहाडमा बदलीसँगै वर्षा र चट्याङको सम्भावना

काठमाडौं । मनसुनको प्रभाव कायमै रहेकाले आज देशका हिमाली तथा

आजका लागि तोकियो विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय