२०८३, २१ आश्विन बिहीबार

धुलिखेल कारागारमा औषधीकाे चरम अभाव

धुलिखेल कारागारमा औषधीकाे चरम अभाव


धुलिखेल, १ चैतः जिल्ला कारागार काभ्रेमा औषधीको आभाव भएको छ । ७३ जना थुनवा र १६० जना गरी २३३ जना रहेको जिल्ला कारगारमा औषधीको अभाव भएपछि स्वास्थ्य उपचारमा समस्या भएको जेलर जंगबहादुर राईले बताए ।

कारगारमा ५ जना प्रेसर, २ जना सुगर र १९ जना मानसिक रोगका कैदीवन्दी छन् । तर ती कैदीबन्दीले दैनिक सेवन गर्ने औषधी नभएको कारागारभित्र रहेको स्वास्थ्य शाखा प्रमुख विदुर चौलागाईले बताए । कारागारमा सबैजसो औषधी आभाव रहेको प्रमुख चौलागाईको भनाई छ ।

औषाधी अभाव हुदाँ सामान्य बिरामी पर्दा पनि कैदीवन्दीहरुलाई औषधी दिन नसकेको जेलर राईले बताए । ७५ जना कैदीबन्दी राख्ने क्षमता रहेको कारगारमा २ सय ३३ कैदीबन्दी छन् । स्वास्थ्य उपचार र औषधीको लागि आर्थिक वर्ष २०७६÷७७ का लागि नेपाल सरकारले १२ लाख रुपैया विनियोजन गरेको थियो । कारागारलाई जिल्ला स्वास्थ्य कार्यालयले औषधी दिदैँ आएपनि यो वर्ष भने नदिएको जेलर राईले बताए ।

प्रकाशित मिति : २०७६, १ चैत्र शनिबार  ६ : ०२ बजे

वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौंमा जारी १५औँ महाधिवेशनअन्तर्गत आज बिहान

गगन थापाको बाटो खुल्यो, किशोर राठौरले छाडे सभापतिको दौड

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह

कांग्रेस महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा कुन समूहमा को–को भिड्दै छन् ?

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीका विभिन्न समूहमा उम्मेदवारी