२०८३, १८ बैशाख शनिबार

काभ्रेको ६ वटा पालिकाका नागरिकको उपचार धुलिखेल अस्पतालमा

काभ्रेको ६ वटा पालिकाका नागरिकको उपचार धुलिखेल अस्पतालमा


धुलिखेल, १ चैतः काभ्रे जिल्लामा बागमती प्रदेश मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम आज देखि सुरु भएको छ । जिल्लाको ६ वटा नगरपालिकाका महिला स्वास्थ्य स्वयम सेविका, अति गरिब, लोपउन्मुख, जनयुद्ध र जनआन्दोलनका घाइतेहरुको स्वास्थ्य परीक्षण निःशुल्क हुनेछ ।

धुलिखेल सामुदायिक अस्पतालमा स्वास्थ्य परीक्षण गराउने ब्यवस्था मिलाइएको छ । १ हजार ८ सय ५० जनाले निःशुल्क स्वास्थ्य परीक्षण गराउन पाउनेछन् । २५ प्रतिशत छुटमा २ हजार ४ सय ५० जनाले स्वास्थ्य परीक्षण गराउन पाउनेछन् । यो छुट पाउने ब्यक्ति पनि गरिब वर्ग्भित्रैकै हुनुपर्ने जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डाक्टर नगेन्द्र कुमार झाले जानकारी दिए ।

धुलिखेल र मण्डनदेउपुरका स्थानीयले चैत महिनाको हरेक शनिबार स्वास्थ्य परीक्षण गराउन पाउनेछन् । पाँचखाल र पनौती नगरपालिकाका स्थानीयलाई बैशाख महिनाको हरेक शनिबार स्वास्थ्य जाँच गराउने ब्यवस्था मिलाइएको छ । नमोबुद्ध र बनेपाका स्थानीयले भने जेठ महिनाको हरेक शनिबार स्वास्थ्य परीक्षण गराउन पाउने जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डाक्टर झाले बताए ।

२५ प्रतिशत छुटमा उपचार गराउनेले पनि वडा कार्यालयको सिफारिस लिनुपर्नेछ । गाउँपालिकाहरुमा पनि छिट्टै यो कार्यक्रम लागु गरिने जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डाक्टर झाले बताउनुयभयो ।

प्रकाशित मिति : २०७६, १ चैत्र शनिबार  १० : ११ बजे

लुम्बिनीमा प्रधानमन्त्री गायब ! परम्परा तोडिँदा चर्कियो आलोचना

लुम्बिनी । बुद्धजयन्तीको अवसरमा हरेक वर्ष जस्तै यसपटक पनि विशेष

घरटहरा हटाउँदा आफ्नै सरकारविरुद्ध सांसद ! ‘जनतालाई बिर्सन मिल्दैन’

काठमाडौँ । देशका विभिन्न स्थानमा सञ्चालन भइरहेको घरटहरा हटाउने अभियानप्रति

देशमा सुरक्षित र समावेशी डिजिटल इकोसिस्टम निर्माण सरकारको प्राथमिकता : सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले देशमा

बल्खुमा डोजर पुगेपछि तनाव, बासिन्दामा सामान सार्ने हतार

काठमाडौं । काठमाडौं उपत्यकामा अतिक्रमित तथा नदी किनारका बस्ती हटाउने

टौबास क्षेत्रको अतिक्रमणबारे भिमफेदी गाउँपालिकाको कडा पत्र

मकवानपुर । भीमफेदी गाउँपालिकाले वडा नं १ को टौबास क्षेत्रमा