२०८३, २१ आश्विन बिहीबार

काभ्रेमा दादुरा–रुबेला खोप अभियान चैत २ गतेदेखि सुरु हुदैँ (कुन पालिकामा कहिले)

काभ्रेमा दादुरा–रुबेला खोप अभियान चैत २ गतेदेखि सुरु हुदैँ (कुन पालिकामा कहिले)


धुलिखेल, २९ फागुनः काभ्रेमा ९ महिना देखि ५ वर्ष मुनिका बालबालिकाका लागि दादुरा-रुबेला खोप दुई चरणमा सञ्चालन हुने भएको छ । पहिलो चरणको खोप अभियान चैत २ देखि १० गतेसम्म सञ्चालन हुनेछ । जिल्ला स्वास्थ्य कार्यालयले बिहिबार पत्रकार सम्मेलन गरेर दिएको जानकारी अनुसार भुम्लु, चौरीदेउराली, तेमाल, रोशी गाउँपालिका र मण्डनदेउपुर, धुलिखेल, पाँचखाल र नमोबुद्ध नगरपालिकामा पहिलो चरणको खोप कार्यक्रम सञ्चालन हुने छ ।

त्यस्तै दोस्रो चरणको खोप कार्यक्रम चैत १४ देखि २२ गतेसम्म जिल्लाको पाँचवटा स्थानीय तहमा सञ्चालन गरिने जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डाक्टर नगेन्द्र कुमार झाले जानकारी दिए । बनेपा र पनौती नगरपालिका, बेथानचोक, खानीखोला र महाभारत गाउँपालिकामा खोप अभियान सञ्चालन हुनेछ ।

दुबै चरणमा गरी जिल्लाका ३१ हजार ७ सय ९२ जना बालबालिकाले खोप लगाउने छन् । जिल्लाको ९ सय ६२ वटा खोप केन्द्र मार्फत खोप लगाउन सकिने जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डाक्टर झाले बताए । खोप अभियानमा १ हजार ९ सय २४ जना स्वयंम सेवक र १ हजार ८७ जना खोप कार्यकर्ता परिचालन हुनेछन् ।

जिल्ला स्वास्थ्य कार्यालयले पहिलो चरणका लागि खोप तथा कोल्डचेनको आपुुर्ति र वितरण सुरु गरिरहेको छ भने दोस्रो चरणका लागि चैत १० गतेदेखि सुरु हुनेछ । जिल्लामा अझै २४ प्रतिशत बालबालिकाले ९ महिनामा लगाउने दादुरा–रुबेला खोप नलगाएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डाक्टर झाले बताए ।

यो पटकको दादुरा-रुबेला खोप विशेष हुनेछ । ९ महिना देखि ५ वर्ष मुनिका बालबालिकाका अभिभावकलाई पालिकाका प्रमुख वा स्वास्थ्य संस्था प्रमुखले निमन्त्रणा पत्र पठाइने छन् । वडाध्यक्षले आफ्नो वडामा कुनै पनि बालबालिका दादुरा-रुबेलाको खोपबाट बञ्जित नभएको सुनिश्चितता गर्नुपर्नेछ । काभ्रे जिल्ला पूर्ण खोप सुनिश्चितता घोषणा भएको जिल्ला पनि हो ।

प्रकाशित मिति : २०७६, २९ फाल्गुन बिहीबार  १२ : १८ बजे

वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौंमा जारी १५औँ महाधिवेशनअन्तर्गत आज बिहान

गगन थापाको बाटो खुल्यो, किशोर राठौरले छाडे सभापतिको दौड

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह

कांग्रेस महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा कुन समूहमा को–को भिड्दै छन् ?

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीका विभिन्न समूहमा उम्मेदवारी