२०८३, २९ जेष्ठ शनिबार

प्रधानमन्त्री ओलीलाई संक्रमणको आशंका

प्रधानमन्त्री ओलीलाई संक्रमणको आशंका


काठमाडौं, २९ फागुन : प्रधानमन्त्री केपी शर्मा ओलीको पिसाबमा संक्रमण भएको आशंका गरिएको छ । उपचारमा संलग्न चिकित्सक टोलीलाई ‘क्लेबसेला ब्याक्टेरिया’ को संक्रमण भएको शंका लागेसँगै पिसाबको कल्चर गर्न पठाइएको छ । कल्चरको रिपोर्ट आउन कम्तीमा ४८ घण्टा लाग्ने भएकाले त्यो हेरेपछि मात्र डिस्चार्जबारे निर्णय लिन सकिने चिकित्सकहरूले बताएका छन् ।

प्रधानमन्त्रीका निजी चिकित्सक प्रा.डा. दिव्यासिंह शाहले ओलीलाई हाल संक्रमण हुने जोखिम उच्च रहेको स्वीकार गर्दै पिसाब कल्चर गर्न पठाइएको जानकारी दिइन् । उनका अनुसार बिहीबार परीक्षणको रिपोर्ट आएपछि मात्र थप केही भन्न सकिन्छ । ‘उहाँलाई अहिले संक्रमण जोखिम छ, त्यसैले हामीले हरेक दिन केही न केही परीक्षण गरी नै रहेका हुन्छौं । पिसाबको पनि त्यहीअनुरूप कल्चर गर्न पठाइएको हो,’ उनले भनिन्, ‘रिपोर्ट ४८ घण्टापछि आउँछ अनि मात्र थप भन्न सकिन्छ ।’

चिकित्सकका अनुसार प्रधानमन्त्री ओलीलाई पहिला पनि ‘क्लेबसेला ब्याक्टेरिया’ को संक्रमण देखिएकाले अहिले शरीरको रोग प्रतिरोधात्मक क्षमता कम भएका बेला त्यो फेरि फर्किने सम्भावना प्रबल रहन्छ । उनलाई त्यसबेला ‘पिपेरासिलिन–ट्याजोब्याक्टम’ नामक एन्टिबायोटिक प्रयोग गरिएको थियो ।

प्रधानमन्त्री ओलीमा ‘क्लेबसेला’ को संक्रमण रहेको रिपोर्ट आए उनको अस्पताल बसाइ थप केही दिन लम्बिन सक्छ । चिकित्सकका अनुसार रोग प्रतिरोधात्मक क्षमता कम भएका बिरामीलाई यो ब्याक्टेरियाको संक्रमण हुने सम्भावना उच्च रहन्छ । त्यसमा पनि मिर्गौला प्रत्यारोपण गरिएका बिरामीमा यस प्रकारको पिसाबको संक्रमण देखिने दर उच्च रहेको छ । सुरुमा चिकित्सकहरूले मिर्गौला प्रत्यारोपणको पाँचदेखि सात दिनभित्र डिस्चार्ज गर्ने बताए पनि ओलीलाई बुधबारसम्म ‘लिभर आईसीयू’ मै राखिएको छ । कान्तिपुर दैनिकले खबर छापेकाे छ ।

प्रकाशित मिति : २०७६, २९ फाल्गुन बिहीबार  ७ : ४१ बजे

दलित उत्पीडित आन्दोलन सशक्त बनाउन कोशी प्रदेश तदर्थ समिति गठन

काठमाडौं । नेपाल दलित उत्पीडित केन्द्र कोशी प्रदेश समन्वय सम्पर्क

रोपाइँको मुखमा किसानलाई मल–बीउ उपलब्ध गराउन एमालेको माग

काठमाडौं । नेकपा एमाले बागमती प्रदेश कमिटीले धान रोपाइँ तथा

सीमादेखि संसदसम्म सरकार विवादमा, प्रधानमन्त्रीको अभिव्यक्ति सच्याउन एमालेको चेतावनी

काठमाडौं । नेकपा एमालेले राष्ट्रिय स्वाधीनता, श्रमिक अधिकार र लोकतान्त्रिक

बजेट छेडखानी प्रकरणमा एमालेको चुनौती : ‘दूधको दूध, पानीको पानी गर्न तयार छौँ’

काठमाडौं । नेकपा एमालेका सांसद गुरु बराल ले अर्थमन्त्री स्वर्णिम

प्रधानमन्त्रीको मौनता र अर्थमन्त्रीको धम्कीमाथि : केसीको आक्रोश

काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसी ले संसद्प्रति सरकारको