२०८३, १२ आश्विन मंगलबार

प्रधानमन्त्री ओलीको अस्पतालबाट सन्देश– ‘म छिट्टै काममा फर्किन्छु’

प्रधानमन्त्री ओलीको अस्पतालबाट सन्देश– ‘म छिट्टै काममा फर्किन्छु’


काठमाडौँ २३ फागुनः दोस्रो पटक मिर्गौला प्रत्यारोपणपछि अस्पतालमा स्वास्थ्यलाभ गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वास्थ्यमा तीव्र सुधार आएको भन्दै छिट्टै काममा फर्किने बताएका छन् । आफ्ना सचिवालयका सदस्यसँग कुराकानी गर्दै प्रधानमन्त्री ओलीले छिट्टै काममा फर्किने सन्देश दिएका हुन् ।

प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालले शल्यक्रियापछि पहिलो पटक प्रधानमन्त्रीसँग कुराकानी गर्ने अवसर भएको भन्दै आफ्नो सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘सर्जरीपछि आज पहिलोपटक प्रधानमन्त्रीज्यूसँग कुरा गर्ने अवसर मिल्यो । साथीहरूलाई भनिदिनूस्, मेरो स्वास्थ्य तीव्र गतिमा सुधार भइरहेको छ । छिट्टै म काममा फर्किन्छु ।’

त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा बुधबार प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण गरिएको थियो। चिकित्सकहरुका अनुसार प्रधानमन्त्री ओलीको स्वास्थ्यमा अपेक्षित सुधार आएको छ ।

प्रकाशित मिति : २०७६, २३ फाल्गुन शुक्रबार  १ : ५० बजे

अविरल वर्षाले राजमार्ग अस्तव्यस्त, दर्जनौँ सडकखण्डमा आवागमन प्रभावित

काठमाडौं । देशभर जारी अविरल वर्षासँगै आएको बाढी र पहिरोले

कांग्रेसको १५औँ महाधिवेशनमा युवा लहर, ४४ हजारले पाए जिम्मेवारी, एक लाख प्रतिस्पर्धामा

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमार्फत पार्टीको तल्लो तहदेखि केन्द्रीय

प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बिहान १० बजे सिंहदरबारस्थित संघीय

आजको मौसम : हिमाल–पहाडमा बदलीसँगै वर्षा र चट्याङको सम्भावना

काठमाडौं । मनसुनको प्रभाव कायमै रहेकाले आज देशका हिमाली तथा

आजका लागि तोकियो विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय