२०८३, ७ कार्तिक शनिबार

प्रधानमन्त्री ओलीको अस्पतालबाट सन्देश– ‘म छिट्टै काममा फर्किन्छु’

प्रधानमन्त्री ओलीको अस्पतालबाट सन्देश– ‘म छिट्टै काममा फर्किन्छु’


काठमाडौँ २३ फागुनः दोस्रो पटक मिर्गौला प्रत्यारोपणपछि अस्पतालमा स्वास्थ्यलाभ गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वास्थ्यमा तीव्र सुधार आएको भन्दै छिट्टै काममा फर्किने बताएका छन् । आफ्ना सचिवालयका सदस्यसँग कुराकानी गर्दै प्रधानमन्त्री ओलीले छिट्टै काममा फर्किने सन्देश दिएका हुन् ।

प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालले शल्यक्रियापछि पहिलो पटक प्रधानमन्त्रीसँग कुराकानी गर्ने अवसर भएको भन्दै आफ्नो सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘सर्जरीपछि आज पहिलोपटक प्रधानमन्त्रीज्यूसँग कुरा गर्ने अवसर मिल्यो । साथीहरूलाई भनिदिनूस्, मेरो स्वास्थ्य तीव्र गतिमा सुधार भइरहेको छ । छिट्टै म काममा फर्किन्छु ।’

त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा बुधबार प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण गरिएको थियो। चिकित्सकहरुका अनुसार प्रधानमन्त्री ओलीको स्वास्थ्यमा अपेक्षित सुधार आएको छ ।

प्रकाशित मिति : २०७६, २३ फाल्गुन शुक्रबार  १ : ५० बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना