२०८३, ३० जेष्ठ आईतबार

सिंजालीको सम्मानमा नेकपाको श्रद्धाञ्जली सभा

सिंजालीको सम्मानमा नेकपाको श्रद्धाञ्जली सभा


रोशी–१२ काभ्रे २० फागुन : काभ्रेको रोशी गाउँपालिका वडा नं. १२ का जननिर्वाचित वडा सदस्य स्वर्गीय विनोद कुमार सिंजाली मगरको सम्मानमा आज श्रद्धाञ्जजलीसभाको आयोजना गरिएको छ । नेपाल कम्युनिस्ट पार्टी रोशी गाउँपालिका १२ नं. वडा कमिटी परिवारको आयोजनामा श्रद्धाञ्जली सभा सम्पन्न भएको हो ।

श्रद्धाञ्जली सभामा नेपाल कम्युनिस्ट पार्टी बागमति प्रदेश सदस्य, सूर्यमान दोङ, संघीय प्रतिनिधि सभाका सांसद गंगाबहादुर दोङ, नेकपा काभ्रे जिल्ला सदस्यहरु दिलिप तामाङ, दैवलाल घिसिङ, सिता ढकाल, उज्वल लामा, रोशी गाउँपालिका वडा नं. १२ का अध्यक्ष रामबहादुर मोक्तानको सहभागिता रहेको थियो । शोकसभामा रोशीका नेता मिन्टु लामा, महाभारत गाउँपालिकाका नेता राजकुमार कुँवर, रोशीकी नेतृ वविता बोहोरा, चन्द्रमाया तामाङ, तीर्थबहादुर भौम्जन, उत्तम भूजेल, विद्यालय व्यवस्थापन समिति अध्यक्ष चन्द्रकुमार स्याङ्तान, पूर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष बाबुलाल मुक्तान, ज्ञानबहादुर स्याङ्तान, कुलध्वज, पूर्व प्र.अ. तिलक रायमाझी, शिक्षक धु्रव रायमाझी समाजसेवी देवबहादुर रायमाझी लगायत स्थानीयको सहभागीता भएको सभामा सिंजालीको सम्मानमा नेकपाको आधा झण्डा झुकाइएको थियो ।

वडा सदस्य तथा नेकप रोशी वडा नं. १२ का नेता शुकलाल दोङको सभापतित्वमा सिजालीको घरआँगनमा भएको श्रद्धाञ्जलीसभामा सूर्यमान दोङ लालध्वजले स्वर्गीय सिजालीले गर्न बाँकी रहेका जनताका सबै कामहरु नेपाल कम्युनिस्ट पार्टीले पूरा गर्ने प्रतिवद्धता जनाउँदै स्थानीय वडाबासीमा गहिरो समवेदना व्यक्त गरेका थिए । शोकसभामा अन्य अतिथीहरु, जनप्रतिनिधि, स्थानीय समाजसेवी, शिक्षक तथा स्थानीयबासीहरुद्वारा स्वर्गीय सिंजालीप्रति श्रद्धा व्यक्त गरिएको थियो ।

सिंजालीको गत फागुन ९ गते शुक्रबारका दिन रोशी गाउँपालिका वडा नं. १२ को केराबारीबाट मगर संघ बागमति प्रदेशको प्रशिक्षण कार्यक्रमा सहभागी हुन आउने क्रममा अचानक हृदयघात भई निधन भएको थियो । सिंजालीले आफ्नो जीवनको उर्वर समयलाई शिक्षा क्षेत्रको सेवामा समर्पि्रत गरेका थिए । वडाको विन्धबासिनी आधारभूत विद्यालय केराबारीको प्रधानाध्यापकबाट निवृत्त हुनु भएपछि पछिल्लो समय जनताको सेवामा आफूले आर्जन गरेको अनुभव समेत उपयोग गर्दै गाउँको विकास निर्माणका काममा दत्तचित्त भएर लागेका थिए । उनी काभ्रेको रोशी गाउँपालिका वडा नं. १२ मा तत्कालिन एनेकपा (माओवादी) बाट लोकप्रिय मत प्राप्त गर्दै निर्वाचित भएका रोशी गाउँपालिकाका जनप्रिय गाउँसभा सदस्य हुन् ।

गाउँपालिका परिवारले स्वर्गीय बिनोद कुमार सिंजाली मगरको असामयिक निधनमा दुःख ब्यक्त गर्दै उनको सम्मानमा यसअघि नै शोकसभा सम्पन्न गरिसकेको छ । गाउँपालिकाद्वारा गाउँसभा सदस्य भएर पु¥याउनु भएको योगदानको उच्च सम्मान गर्दै गत फागुन १२ गते सोमबार एकदिन सार्वजनिक विदा दिएको थियो । स्वर्गीय विनोद कुमार सिंजाली मगरले सेवा गरेको वडा कार्यालयले पनि रोशी गाउँपालिकाको वडा नं. १२ मा १९ र २० फागुनमा २ दिन सार्वजनिक विदाको दिएको थियो । सिजालीका २ छोरा र छोरीहरु छन् ।

प्रकाशित मिति : २०७६, २० फाल्गुन मंगलबार  ८ : ४५ बजे

कमलामाईले झेलिरहेको चुनौती

अहिले हामी सवैजना एउटै साझा चुनौतीसँग लडिरहेका छौं र त्यो

कोशी प्रदेशमा खेलकुदलाई उच्च प्राथमिकता : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेश सरकारले

विराटनगरमा कांग्रेस इतर समूहको शक्ति प्रदर्शन : कोइराला–सिटौला–गच्छदार एकै मञ्चमा

विराटनगर । नेपाली कांग्रेसको संस्थापन इतर समूहले विराटनगरमा शक्ति प्रदर्शनसहित

स्थानीय र प्रदेश निर्वाचन लक्षित गर्दै एमालेको देशव्यापी ‘मिसन जागरण’ सुरु

काठमाडौँ । नेकपा एमालेले आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनलाई

दलित उत्पीडित आन्दोलन सशक्त बनाउन कोशी प्रदेश तदर्थ समिति गठन

काठमाडौं । नेपाल दलित उत्पीडित केन्द्र कोशी प्रदेश समन्वय सम्पर्क