२०८३, २२ आश्विन शुक्रबार

जनप्रिय नेता सिंजालीको सम्मानमा श्रद्धाञ्जली सभा

जनप्रिय नेता सिंजालीको सम्मानमा श्रद्धाञ्जली सभा


घैयाबारी, रोशी–१८, फागुन : काभ्रेको रोशी गाउँपालिका वडा नं. १२ का जननिर्वाचित वडा सदस्य स्वर्गीय विनोद कुमार सिंजाली मगरको सम्मानमा आज वडाका सहकर्मीहरुले श्रद्धाञ्जली सभाको आयोजना गरेका छन् । उनको सम्मानमा आधा झण्डा झुकाइएको छ ।

वडाअध्यक्ष रामबहादुर मोक्तानको अध्यक्षतामा वडा कार्यालय प्राङ्गणमा भएको श्रद्धाञ्जलीसभामा जनप्रतिनिधि, स्थानीय समाजसेवी, शिक्षक तथा स्थानीयबासीहरुले स्वर्गीय सिंजालीप्रति श्रद्धा व्यक्त गरेका थिए । श्रद्धाञ्जली सभामा नेपाल कम्युनिस्ट पार्टीको तर्फबाट तीर्थ भौम्जन ‘हेमन्त’ र नेपाली कांग्रेसको तर्फबाट विलम मोक्तानले शब्दद्वारा श्रद्धाञ्जली व्यक्त गरे.का थिए ।

कार्यक्रममा शिक्षकहरु तिलक रायमाझी र प्रदिप मुक्तानले स्वर्गीय सिंजालीको योगदानको चर्चा गर्दै श्रद्धा व्यक्त गरे भने स्थानीय समाजसेवी जीतबहादुर पुलामीले पनि श्रद्धाञ्जली व्यक्त गरेका थिए । सिंजालीको गत फागुन ९ गते शुक्रबारका दिन रोशी गाउँपालिका वडा नं. १२ को केराबारीबाट मगर संघ बागमति प्रदेशको प्रशिक्षण कार्यक्रमा सहभागी हुन आउने क्रममा अचानक हृदयघात भई निधन भएको थियो ।

स्वर्गीय सिंजालीले आफ्नो जीवनको उर्वर समयलाई शिक्षा क्षेत्रको सेवामा समर्पि्रत गरेका थिए । वडाको विन्धबासिनी आधारभूत विद्यालय केराबारीको प्रधानाध्यापकबाट निवृत्त हुनु भएका सिंजाली पछिल्लो समय जनताको सेवामा आफूले आर्जन गरेको अनुभव समेत उपयोग गर्दै गाउँको विकास निर्माणका काममा दत्तचित्त भएर लागेका थिए । उनी काभ्रेको रोशी गाउँपालिका वडा नं. १२ मा तत्कालिन एनेकपा (माओवादी) बाट लोकप्रिय मत प्राप्त गर्दै निर्वाचित भएका रोशी गाउँपालिकाका जनप्रिय गाउँसभा सदस्य थिए ।

गाउँपालिका परिवारले स्वर्गीय बिनोद कुमार सिंजाली मगरको असामयिक निधनमा दुःख ब्यक्त गर्दै उनको सम्मानमा यसअघि नै शोकसभा सम्पन्न गरिसकेको छ । गाउँपालिकाद्वारा गाउँसभा सदस्य भएर पु¥याउनु भएको योगदानको उच्च सम्मान गर्दै गत फागुन १२ गते सोमबार एकदिन सार्वजनिक विदा दिएको थियो । स्वर्गीय विनोद कुमार सिंजाली मगरले सेवा गरेको वडा कार्यालयले रोशी गाउँपालिकाको वडा नं. १२ मा भोली र पर्सी २ दिन सार्वजनिक विदाको घोषणा गरेको छ ।

श्रद्धाञ्जली सभामा शुकलाल दोङ, महिला सदस्य मुना घिमिरे मैनाली, दलित सदस्य शोभा वि.क. जनप्रतिनिधीहरु लगायत स्थानीय अभियान भूजेल, वडा सचिव पुञ्जलाल श्रेष्ठको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २०७६, १८ फाल्गुन आईतबार  ९ : ०८ बजे

दशैंको टिकट खुल्यो, नयाँ बसपार्कमा रातिदेखि नै यात्रुको भीड

काठमाडौं । दशैं मनाउन घर फर्किने यात्रुको चाप बढ्न थालेसँगै

कांग्रेस महाधिवेशन : आज बिहान ७ बजेदेखि मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् नयाँ नेतृत्व

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

मतदानअघि गगन थापाको अपिल : ‘मेरो नाम जोडेर प्रचार गरिएका सूची आधिकारिक होइनन्’

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा मतदानको समय नजिकिँदै गर्दा

अनधिकृत रूपमा बढी भाडा लिएको पाइए कडा कारबाही गर्छौं : बुद्ध एयर

काठमाडौं । बुद्ध एयरले सामाजिक सञ्जाल तथा केही अनलाइन सञ्चारमाध्यममा

कालिमाटीस्थित साल्ट ट्रेडिङको सुपथ मूल्य पसलमा उपभोक्ताको लाइन (तस्विरहरुसहित)

काठमाडौं । काठमाडौंको कालिमाटीस्थित साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको सुपथ मूल्य