२०८३, १९ बैशाख आईतबार

रोशी गाउँपालिकाका उपाध्यक्षले आफुलाई गाडी किन्न दिएको रकमबाट दिइन स्वास्थ्यचौकीलाई एम्बुलेन्स

रोशी गाउँपालिकाका उपाध्यक्षले आफुलाई गाडी किन्न दिएको रकमबाट दिइन स्वास्थ्यचौकीलाई एम्बुलेन्स


धुलिखेल, १२ फागुनः काभ्रे जिल्ला मात्रै होइन देशका धेरै पालिकाका उपप्रमुखलाई गाडी चड्ने शोख भएको पाइन्छ । तर काभ्रेको रोशी गाउँपालिकाका उपाध्यक्षले भने आफ्नो लागि गाडी किन्न पालिकाले विनियोजन गरेको बजेटले एम्बुलेन्स खरिद गरेर स्वास्थ्य चौकीलाई दिएकी हुन् । उपाध्यक्ष लक्ष्मी बर्तौलाले दुई ओटा एम्बुलेन्स खरिद गरेर पालिकाभित्रका दुईवटा स्वास्थ्य चौकीलाई हस्तान्तरण गरिएको हो । ‘जब म गाउँ गाउँ पुगे, त्यहाँका नागरिकको दुःख सहन सकिन, उनले भनिन् ‘म सुविधा सम्पन्न गाडीमा चढेर बिरामी नागरिक चाँहि छटपटाई रहेको देख्न सकिदैँन ।’

उपाध्यक्ष बर्तौलाले पालिकाको विकतटालाई हेरेर वडा नम्बर ११ को भिमखोरी स्वास्थ्य चौकीमा बस्ने र वडा नम्बर ५ को सिसाखानी स्वास्थ्य चौकीलाई एम्बुलेन्स दिनुभएको हो । ‘पालिकाका धेरै जनता समयमै उपचार नपाएर समस्या भोगिरहनुभएको छ, मैले गाडी चढेको के गर्नु, उपाध्यक्ष बर्तौलाले भनिन्, जनप्रतिनिधि भनेको जनताको दुःख बुझ्नु पर्छ भन्ने लाग्यो, पालिकाले आफ्नो लागि गाडी खरिद गर्न दिएको रकमले एम्बुलेन्स किनेर स्वास्थ्य चौकीलाई दिए ।’

एम्बुलेन्सले रोशी गाउँपालिकाका साथै नमोबुद्ध नगरपालिका, महाभारत गाउँपालिका, तिमाल गाउँपालिका, सिन्धुलीको सुनकोशी गाउँपालिका लगायतका बिरामीलाई पनि सेवा दिन सकिने उपाध्यक्ष बर्तौलाको भनाई छ । ‘यो जुन, जुन स्वास्थ्य चौकीलाई दिएको छ, त्यहाँका नागरिकलाई मात्रै सेवा दिने होइन्, उनले भनिन्, ‘आवश्यकता अनुसार आसपासका पालिकाहरुमा पनि यो एम्बुलेन्सले सेवा दिने गरि ब्यवस्था मिलाइएको छ ।’

प्रकाशित मिति : २०७६, १२ फाल्गुन सोमबार  ७ : ५५ बजे

लुम्बिनीमा प्रधानमन्त्री गायब ! परम्परा तोडिँदा चर्कियो आलोचना

लुम्बिनी । बुद्धजयन्तीको अवसरमा हरेक वर्ष जस्तै यसपटक पनि विशेष

घरटहरा हटाउँदा आफ्नै सरकारविरुद्ध सांसद ! ‘जनतालाई बिर्सन मिल्दैन’

काठमाडौँ । देशका विभिन्न स्थानमा सञ्चालन भइरहेको घरटहरा हटाउने अभियानप्रति

देशमा सुरक्षित र समावेशी डिजिटल इकोसिस्टम निर्माण सरकारको प्राथमिकता : सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले देशमा

बल्खुमा डोजर पुगेपछि तनाव, बासिन्दामा सामान सार्ने हतार

काठमाडौं । काठमाडौं उपत्यकामा अतिक्रमित तथा नदी किनारका बस्ती हटाउने

टौबास क्षेत्रको अतिक्रमणबारे भिमफेदी गाउँपालिकाको कडा पत्र

मकवानपुर । भीमफेदी गाउँपालिकाले वडा नं १ को टौबास क्षेत्रमा