२०८३, २३ आश्विन शनिबार

काङ्ग्रेसलाई नआत्तिन सांसद बस्नेतको सुझाव

काङ्ग्रेसलाई नआत्तिन सांसद बस्नेतको सुझाव


धुलिखेल, १० फागुनः नेकपाका नेता महेश बस्नेतले नेपाली काँग्रेसलाई नआत्तिन आग्रह गरेका छन् । शनिबार काभ्रेको नमोबुद्ध नगरपालिका वडा नम्बर ९ मा ग्याल्बो ल्होछार कार्यक्रममा सहभागि हुन पुगेका उनले मुलुक समृद्ध बन्ने बाटोमा अघि बढेको भन्दै नआत्तिइ सहयोग गर्न काँग्रेसलाई आग्रह गरे । ‘मुलुकले काँचुली फेर्दै गर्दा सबैको साथ सहयोग पक्कै पनि आवश्यक पर्छ, यसमा प्रमुख प्रतिपक्ष दलको पनि मुख्य दायित्व हो, उनले भने तर अहिले काँग्रेस आत्तिएको छ, आत्तिनु पर्दैन्, मुलुकले सहि गति लिइसक्यो ।’

नेता बस्नेतले आफ्नो समर्थक र शुभेच्छुकलाई कुनै पनि घटनाबाट विचलित नहुन पनि अनुरोध गरे । ‘राजनीति गर्ने ब्यक्तिलाई बदनाम गराउने उद्देश्यले केहि घटना बेला बेला बाहिर आइरहन्छन्, यसलाई आधार मानेर कहिल्यै विचलित नहुनोस्, उनले भने ‘यो विकास र समृद्धिको अभियानमा हामी सबै जोडिनुपर्छ, सबैको एकताबद्धले मात्रै मुलुक फेरिने हो ।’

नेता बस्नेतले एमसिसि परिमार्जन सहित पारित हुने दाबी गरे । ‘यसका केहि बुँदाहरु हेरफेर हुन्छन्, यो कसैले विरोध गर्दैमा रोकिने भन्ने छैन, उनले भने विरोधका लागि विरोध गर्नुको कुनै औचित्य छैन, मुलुकको हितका लागि कोहि कसै काम गर्छु भनेर आउँछ भने दिनुपर्छ ।’

कार्यक्रममा पूर्व उर्जाराज्यमन्त्री सूर्यामान दोङले भ्रष्टचारमुक्त समाजको परिकल्पनाका साथ नेकपा अघि बढेको भन्दै, कम्युनिष्ट पार्टीलाई बदनाम गराउन विभिन्न तत्व सक्रिय रहेको बताए । ‘हामीलाई राम्रोसँग थाहा छ, देशमा परिवर्तन ल्याउने भनेकै कम्युनिष्ट पार्टीले हो, कम्युनिष्टको लोकप्रियता घटाउन अनेक प्रपञ्च रचिएको छ, उनले भने ‘ढुक्क हुनोस् मुलुकले फड्को मारेरै छोड्छ ।’

कार्यक्रममा बागमती प्रदेश सांसद चन्द्र लामाले संस्कृतिलाई विस्कृतिका रुपमा ब्याख्या गर्न नहुने बताए । उनले संस्कृतिलाई गलत ढंगबाट विश्लेषण गर्दा बाह्य हस्तक्षेप बढ्ने भन्दै संस्कृति जोगाउन आ–आफ्नो क्षेत्रबाट सबैले काम गर्नुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : २०७६, १० फाल्गुन शनिबार  ४ : ४४ बजे

दशैंको टिकट खुल्यो, नयाँ बसपार्कमा रातिदेखि नै यात्रुको भीड

काठमाडौं । दशैं मनाउन घर फर्किने यात्रुको चाप बढ्न थालेसँगै

कांग्रेस महाधिवेशन : आज बिहान ७ बजेदेखि मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् नयाँ नेतृत्व

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

मतदानअघि गगन थापाको अपिल : ‘मेरो नाम जोडेर प्रचार गरिएका सूची आधिकारिक होइनन्’

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा मतदानको समय नजिकिँदै गर्दा

अनधिकृत रूपमा बढी भाडा लिएको पाइए कडा कारबाही गर्छौं : बुद्ध एयर

काठमाडौं । बुद्ध एयरले सामाजिक सञ्जाल तथा केही अनलाइन सञ्चारमाध्यममा

कालिमाटीस्थित साल्ट ट्रेडिङको सुपथ मूल्य पसलमा उपभोक्ताको लाइन (तस्विरहरुसहित)

काठमाडौं । काठमाडौंको कालिमाटीस्थित साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको सुपथ मूल्य