२०८३, १५ श्रावण शनिबार

काभ्रे साक्षर जिल्ला, ९६ दशमलब ४८ प्रतिशत नागरिक साक्षर

काभ्रे साक्षर जिल्ला, ९६ दशमलब ४८ प्रतिशत नागरिक साक्षर


धुलिखेल, ७ फागुनः काभ्रे जिल्ला साक्षर घोषणा भएको छ । बुधबार ५२ औँ जिल्लाको रूपमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले साक्षर काभ्रेपलाञ्चोक जिल्ला घोषणा गरेका हुन् ।

जिल्लाको १५ देखि ६० वर्ष उमेर समूहका कुल निरक्षर संख्याको ९६ दशमलब ४८ प्रतिशत नागरिक साक्षर भएका छन् । धुलिखेलमा आयोजित कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख उद्धव केसीले काभ्रे जिल्लालाई साक्षर बनाइयोस भन्ने प्रस्ताव मन्त्री समक्ष राखेका थिए । प्रमुख केसीको प्रस्ताव मन्त्री पोखरेलले स्वीकार गर्दे साक्षर जिल्ला घोषणा गरेका थिए ।

जिल्लाको सबैभन्दा धेरै रोशी गाउँपालिकाका ९८.९८ प्रतिशत नागरिक साक्षर भएका छन् । जिल्लामा २०६८ सालको जनगणना अनुसार १५ देखि ६० वर्ष उमेर समूहका ३ लाख ७३ हजार ७ सय २८ जनसंख्या मध्ये ८१ हजार ५ सय ४९ जनसंख्या निरक्षर थियो । जिल्लामा अझै १३ हजार १ सय ६८ जना नागरिक निरक्षर छन् ।

काभ्रेमा सबैभन्दा पहिला मण्डनदेउपुर नगरपालिका साक्षर भएको हो । जिल्लाको सबैभन्दा अन्तिममा भने कोशीपारी क्षेत्रमा पर्ने चौरीदेउराली गाउँपालिका साक्षर घोषणा भएको थियो । साक्षर जिल्ला घोषणा कार्यक्रममा सहभागि हुन धुलिखेल आइपुगेका जिल्लका विभिन्न स्थानीय तहका प्रमुख र उपप्रमुखले अब पूर्ण साक्षर पालिकाका घोषणा गर्न तर्फ लाग्ने बताएका छन् । ‘हामीले भर्नाअभियान देखि नै मेहेनत गरिरहेका छौँ, मण्डनदेउपुर नगरपालिकाका उपप्रमुख निर्मला शाहीले भनिन् ‘नगरपालिकाको छुट्टै शिक्षा नीति छ, त्यहि नीति अनुसार नै योजना बनाएर पूर्ण साक्षर पालिका बनाउने लागि पर्छौँ ।’

प्रकाशित मिति : २०७६, ७ फाल्गुन बुधबार  ७ : २२ बजे

चाँगुनारायणमा अब घरदैलोमा आँखा उपचार,मोतियाबिन्दु शल्यक्रिया पनि निःशुल्क हुने

नबराज काफ्ले भक्तपुर, १५ श्रावण  : चाँगुनारायण नगरपालिका–२ दुवाकोट स्वास्थ्य

ब्रड पिक दुर्घटना : ६ नेपाली पर्वतारोही अझै सम्पर्कविहीन, उद्धारमा तीव्र समन्वय

काठमाडौं। पाकिस्तानको ब्रड पिक क्षेत्रमा आएको हिमपहिरोपछि सम्पर्कविहीन भएका नेपाली

गणेश यादवका परिवारलाई भेट्न आज सिरहा पुग्दै गृहमन्त्री गुरुङ, सुरक्षा अवस्थाबारे पनि लिने ब्रिफिङ

काठमाडौं। मधेश प्रदेशमा पछिल्ला दिनमा देखिएको तनावपूर्ण अवस्थाबीच गृहमन्त्री सुधन

आज राष्ट्रियसभा बैठक बस्दै, गृहमन्त्री गुरुङ र शिक्षामन्त्री पोखरेलले सांसदका प्रश्नको जवाफ दिने

काठमाडौं। संघीय संसदअन्तर्गत राष्ट्रियसभाको बैठक आज दिउँसो १ः१५ बजे बस्ने

सुनसरी घटनापछि सरकार-पीडित परिवारबीच सातबुँदे सहमति, मृतकलाई सहिद घोषणा गर्ने तयारी

काठमाडौं। सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा साउन १० गते भएको घटनामा