२०८३, १ बैशाख बुधबार

काभ्रे बहुमुखी क्याम्पसमा पाँच दिनदेखि तालाबन्दी

काभ्रे बहुमुखी क्याम्पसमा पाँच दिनदेखि तालाबन्दी


राजकुमार पराजुली,काभ्रेपलाञ्चोक १ फागुन :  अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले गरेको तालान्दीका कारण पाँच दिनदेखि बनेपा नगरपालिकास्थित काभ्रे बहुमुखी क्याप्पसको प्रशासन र लेखा शाखा बन्द अवस्थामा रहेको छ । क्याम्पसले कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीलाई अनिवार्य विषय अध्यापन नगराई परीक्षामा सामेल गराएकाले भविष्यमाथि खेलवाड गरेको भन्दै क्याम्पस प्रमुखको राजीनामालगायतका माग राख्दै गत माघ २६ गते तालाबन्दी गरेको हो ।

प्रशासन, लेखासँगै मूलगेटमा तालाबन्दी गरेकामा क्याम्पस प्रशासनले वार्ता समिति बनाएपछि बुधबार मूलगेटको तालाबन्दी खोलिएको छ । ‘क्याम्पस प्रशासनले वार्ता समिति बनाएपछि बुधबार मूलगेटको मात्रै ताला खोल्यौँ, हाम्रा माग पूरा नभएसम्म अन्य तालाबन्दी खोल्दैनौं,’ अनेरास्ववियुका केन्द्रीय सदस्य शालिकराम पराजुलीले भने । उनका अनुसार कक्षा ११ र १२ मा कम्प्युटर इञ्जिनीयरिङ अध्ययन गर्ने विद्यार्थीको मुख्य विषय रसायन विज्ञान र भौतिक विज्ञान अनिवार्य विषयको सट्टा नेपाली र अङ्ग्रेजी अध्यापन गराएका कारण स्नातक तहमा विद्यार्थीले कम्प्युटर इञ्जिनीयरिङ अध्ययन गर्न नमिल्ने भएपछि विद्यार्थी आन्दोलित भएका हुन् ।

क्याम्पस प्रशासनले सञ्चालक समितिका अध्यक्ष लम्बोदर कायस्थको संयोजकत्वमा चार सदस्यीय वार्ता समिति बनाएको छ । क्याम्पसको लापरबाहीका कारण विद्यार्थीको भविष्य अन्योल भएको जनाउँदै अनरास्ववियु जिल्ला कमिटी, क्याम्पस र मावि कमिटीले छुट्टाछुट्टै विज्ञप्ति जारी गरी तालाबन्दी गरेको हो । क्याम्पसलाई लापरबाहीका विषयमा पटकपटक ध्यानाकर्षण गराउँदा पनि बेवास्ता गरेका कारण क्याम्पस प्रमुख केजी बैदारको राजीनामा मुख्य शर्तसहित विद्यार्थीको हालसम्मको शुल्क फिर्ता तथा थप क्षतिपूर्तिसहितको माग राख्दै तालाबन्दी गरिएको पराजुलीले बताए ।

साथै, विज्ञप्तिमा पीडित विद्यार्थीलाई कक्षा १२ सम्म निःशुल्क अध्ययनको व्यवस्था गर्नुपर्ने, विद्यार्थीलाई ‘रेष्टिगेट’को डर, धम्की दिने प्राध्यापकरशिक्षकलाई कारबाही र निष्काशन गर्नुपर्ने, क्याम्पसले आफ्नो प्रचार सामग्रीमा उल्लेख गराएअनुसार विद्यार्थीले रोजेको विषयमा अध्ययन गर्न पाउने अधिकारको ग्यारेन्टी गर्न पनि माग गरिएको छ ।

क्याम्पस प्रमुख बैदारले आफूलाई क्याम्पसका कुनै पनि विभागमा तालाबन्दी गरेको र मूलगेट खोलेको विषयमा जानकारी नभएको बताए । उनले केही बाहिरी तत्वले क्याप्पसको गरिमालाई घटाउन विभिन्न गतिविधि गरेको आरोप लगाउँदै विधिसम्मत ढङ्गले कक्षा ११ र १२ को अध्यापन भइरहेको दाबी गरे । विभिन्न सङ्कायमा करिब एक हजार विद्यार्थी अध्ययनरत उक्त क्याम्पसमा कक्षा ११ र १२ अध्ययनपछि ५५ विद्यार्थी फरक विषयको परीक्षामा सामेल भएका थिए ।   रासस

प्रकाशित मिति : २०७६, १ फाल्गुन बिहीबार  ६ : ४६ बजे

समानान्तर गतिविधिमा खड्का विवादमा, कांग्रेसद्वारा स्पष्टीकरण सोध्ने तयारी

काठमाडौं । नेपाली कांग्रेसले पार्टीभित्र समानान्तर गतिविधि गरेको आरोपमा निवर्तमान

असफल वार्तापछि अबको बाटो: द्वन्द कि संवाद ?

संयुक्त राज्य अमेरिका र इरान बीच इस्लामावाद मा भएको वार्ता

वार्ता असफलपछि ट्रम्पको प्रतिक्रिया: ‘चिन्तित छैनौँ’

काठमाडौं । डोनाल्ड ट्रम्पले इरानसँगको वार्ता निष्कर्षविहीन भएपछि पनि आफू

अमेरिका-इरान वार्ता निष्कर्षविहीन :अन्तिम प्रस्ताव पनि अस्वीकृत

काठमाडौं । संयुक्त राज्य अमेरिका र इरान बीच इस्लामावाद मा

परराष्ट्रमन्त्री शिशिर खनालले भारत, भूटान र बङ्गलादेशका विदेशमन्त्रीहरूसँग भेटवार्ता

काठमाडौँ । नवौँ हिन्द महासागर सम्मेलनमा सहभागी हुने सिलसिलामा मोरिससको