२०८३, ५ भाद्र शनिबार

काभ्रेको रोशी गाउँपालिका साक्षर घोषणा, ९८.९५ प्रतिशत नागरिक साक्षर

काभ्रेको रोशी गाउँपालिका साक्षर घोषणा, ९८.९५ प्रतिशत नागरिक साक्षर


धुलिखेल, २८ माघः काभ्रेको रोशी गाउँपालिका पनि साक्षर पालिका घोषणा भएको छ । मंगलबार एक कार्यक्रमको आयोजना गरी पालिकालाई साक्षर घोषणा गरिएको हो । पालिकाभित्रका १५ देखि ६० बर्ष उमेर समुहको साक्षरता ९८.९५ प्रतिशत पुगेकोले साक्षर पालिका घोषणा गरिएको अध्यक्ष डिबि लामाले जानकारी दिए ।

पालिकालाई जिल्ला समन्वय समितिका प्रमुख उद्धव केसीले साक्षरताको प्रमाणपत्र हस्तान्तरण गरेका थिए । ‘अब हामी छिट्टै सिँगो जिल्लालाई नै साक्षर घोषणा गर्ने अन्तिम चरणमा पुगेका छौँ, जिसस प्रमुख केसीले भने ‘हामीले यसअघि प्रतिबद्धता जनाए अनुसार केहि ढिलाई भयो, तर पनि हामी लक्ष्यमा पुगेरै छोड्छौँ ।’

जिल्लाका सरोकारवालाहरुल्े माघ २० गते भित्र साक्षर घोषणा गर्ने प्रतिबद्धता जनाएका थिए । तर प्रतिबद्धता अनुसार काम नहुदाँ पूर्वनिर्धारित योजना अलि पछि सरेको छ । जिसस प्रमुख केसीले सबै पालिका साक्षर घोषणा पनि पूर्ण साक्षर जिल्लाको लागि हामी अघि बढ्ने भन्दै अहिले पनि धेरै स्थानीय तहरुले त्यहि अनुसार काम गरिरहेको बताए ।

रोशीलाई साक्षर बनाउन पालिकाभित्र रहेका १६ वटा माध्यामिक विद्यालय, ४ वटा सामुदायिक सिकाई केन्द्र र सबै बालविकास केन्द्रले साक्षरता कक्षा सञ्चालन गरेका थिए । जिल्लाको १३ वटा स्थानीय तह मध्ये चौरीदेउराली गाँउपालिका मात्रै साक्षर घोषणा हुन बाँकी छ । चौरीदेउराली गाउँपालिकालाई पनि फागुन १ गते साक्षर घोषणा गर्ने तयारीका साथ काम भइरहेका प्रवक्ता राजकुमार गौतमले बताए ।

यस अघि धुलिखेल, बनेपा, पनौती, नमोबुद्ध, मण्डनदेउपुर र पाँचखाल नगरपालिका तथा महाभारत, तेमाल, बेथानचोक, भुम्लु र खानीखोला गाँउपालिका साक्षर घोषणा भईसकेका छन् ।

प्रकाशित मिति : २०७६, २८ माघ मंगलबार  ६ : ११ बजे

अमेरिकी-इरान युद्ध’ को सिधा असर नेपाली भान्सामा: पेट्रोल-डिजेलको मूल्य अझै आकासिने, महँगीको नयाँ संकट

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानबीच चर्किएको भूराजनीतिक

पाल्पामा १० वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा १६ वर्षीय किशोर पक्राउ

पाल्पा । पाल्पामा एक १० वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको

कांग्रेसमा देउवा समूहसँग संस्थापनको टक्कर चर्कियो : ‘अदालतको ढोका ढकढक्याएर पार्टी कमजोर नपार्नू’

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर संस्थापन र पूर्वसभापति

नाडा शो अघि नै काठमाडौंमा ‘अभतार ०७’ को तहल्का

काठमाडौं । नाडा अटो शो को पर्दा खुल्न अझै केही