२०८१, १६ कार्तिक शुक्रबार

काभ्रे रेडक्रसमा भूकम्पप्रभावितका नाममा दोहोरो तलबभत्ता !

काभ्रे रेडक्रसमा भूकम्पप्रभावितका नाममा दोहोरो तलबभत्ता !


धुलिखेल, २५ माघ: विपत्ती परेको बेला सके आफैले सकाउनुपर्ने हो । न सके सघाउ भनेर पठाएको रकम वा सामान सम्बन्धित ब्यक्तिलाई दिनुपर्ने हो । अझ रेडक्रस त विश्वमा एउटा कल्याणकारी संस्थाको रुपमा परिचित । तर नेपाल र त्यसमा पनि रेडक्रस काभ्रे शाखा भने विपत्तिमा सहयोग गर्न दातृ निकायले पठाएको रकम हिनामिनाको चंगुमा फसेको छ ।

२०७२ साल बैशाख १२ को विनाकारी भुकम्पपछि दातृ निकायको पैसामा रजाई गर्नेमा रेडक्रस काभ्रेका जिम्मेवार पदाधिकारीहरु नै सबैभन्दा अग्रस्थानमा देखिएका छन् । फलस्वरुप सहयोग गर्न पठाएको रकम हिनामिनाको आरोपमा अहिले रेडक्रस काभ्रेका वर्तमान सभापति सहितका पदाधिाकारी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको घेरामा छन् ।

अख्तियारमा उजुरी परेकै बेला रेडक्रस शाखाले शनिबार चुनावको मिती तोक्यो । प्यानल नै बनाएर चुनावी प्रचारप्रसारमा होमिए पनि । तर जिल्ला प्रशासन कार्यालय काभ्रेले चुनाव रोक्न गोप्य पत्र पठायो । पत्रमा गोप्य लेखियो मात्रै, गोप्य भने रहन सकेन । रेडक्रस शाखाका कतिपय पदाधिकारीले गोप्य भनिएको उक्त पत्र पढ्न नपाउँदै सामाजिक सञ्जालभर छरपष्ट भइसकेको थियो ।

वर्तमान सभापति रघुवर चौप्रधान सहितका पदाधिकारीले रकम अनियमितता गरेको उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेका बेला चुनाव गर्न खोजिएको भन्दै निमित्त प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी होमागाई (खतिवडा) ले गोप्य को हवाला दिदैँ पत्र लेखेकि थिइन् । यो पटकको शाखाको चुनावमा अनियमितताको आरोप लागेका प्रधान नै सभापतिको उम्मेवार थिए । अझ रमाइलो कुरा त के छ भने सभापति प्रधानले शुक्रबार साझँ ५ बजेर १३ मिनेट जाँदा जिल्ला सहित राष्ट्रिय सञ्चार माध्यमको इमेल ठेगानामा शाखाभित्र भएको अनियमितालाई थप बल पुग्ने गरी आफ्नो भनाई स्पष्टिकरणका रुपमा लेखिपठाएका छन ।

[email protected] नामको इमेलबाट पठाइएको पत्रमा काभ्रे शाखाको चुनाव स्थगित भएजस्तै फागुन २१ देखि २३ गतेसम्म हुने केन्द्रिय महाअधिवेशन र निर्वाचन पनि स्थगित हुने सभापति प्रधानले लेखेका छन् ।

उनले पठाएको इमेलमा २०७२ सालको भूकम्पमा दातृ निकायले दिएको रकमबाट रेडक्रसका वर्तमान सभापति रघुवर चौ प्रधान, निर्बतमान सभापति श्यामसुन्दर श्रेष्ठ, मन्त्री उद्धवप्रसाद पौडेल, कुमार कार्की र रघुनाथ हुमागाईँले दोहोरो तलब सुविधा लिएको उजुरीमा अख्तियारले अनुसन्धान भइरहेको उल्लेख गरिएको छ । त्यस्तै रेडक्रसले परियोजना सञ्चालन गरेका केहि वडाका वडाध्यक्ष र शिक्षकले समेत दोहोरो तलब लिएर विपत्तीमा परेकालाई सहयोग गर्न आएको रकम हिनामिना गरेको उजुरी परेपछि अख्तियारमा दुरुपयोग आयोगले छानविन गरिरहेको भनिएको छ ।

प्रकाशित मिति : २०७६, २५ माघ शनिबार  ७ : २९ बजे

दुई डीआईजी राणा र हैजु एआईजीमा बढुवा

काठमाडौं: नेपाल प्रहरीका दुई जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) प्रहरी

नेपाली जहाँ पुग्छ, त्यहाँ जागरणको बत्ति बाल्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जहाँ पुग्छ, त्यहाँ

तीनपाटनकी सुनिताले पाइन घरमै नागरिकता !

सिन्धुलीः तीनपाटन गाउँपालिका वडा नम्बर ५ खपाङ्गीटार निवासी १९ वर्षिया

बागमती प्रदेशमा ३ अर्ब ४४ करोडको क्षति

मकवानपुर: बाढी, पहिरो, डुबान, आगलागीजस्ता विपद्बाट चालु आर्थिक वर्ष २०८१/८२

सुप्रिम सहकारी ठगी कसुरमा रविसहित १२ जनाविरुद्ध पक्राउ पुर्जी जारी,बुटवल ल्याउन प्रहरीलाई खुल्यो बाटो

रुपन्देही: सहकारी ठगी मुद्दामा कास्कीको पोखरास्थित प्रहरी हिरासतमा रहेका रास्वपा