२०८३, १८ बैशाख शनिबार

तेमाल गाउँपालिकामा अध्यक्षकप फुटबल प्रतियोगिता सुरु

तेमाल गाउँपालिकामा अध्यक्षकप फुटबल प्रतियोगिता सुरु


धुलिखेल, २३ माघः काभ्रेको तेमालमा गाउँपालिकामा अध्यक्षकप अन्तर वडा ब्यापी फूटबल प्रतियोगिता शुरु भएको छ । बिहीबार प्रतियोगिताको जिल्ला समन्वय समिति काभ्रेका प्रमुख उद्धव केसीले उद्घाटन गरे ।

उद्घाटनको पहिलो दिन वडा नं ४ ले वडा न. ७ लाई १–० गोलले पराजित गरेको छ । यस्तै अर्को खेलमा वडा नं ५ ले वडा नं ३ लाई २–० गोलले पराजित गरेको छ । आजको अन्तिम खेलमा वडा नं १ लाई वडा नं २ ले २ का विरुद्ध ३ गोलले पराजित गरेको गाउँपालिकाका प्रवक्ता ज्ञान बहादुर लामाले जानकारी दिए । प्रतियोगितामा पालिकाभित्रका ९ वटा वडाका ९ वटै टिम सहभागि छन् । प्रतियोगिता पर्सीसम्म चल्नेछ ।

उद्घाटन कार्यक्रम बोल्दै जिसस प्रमुख केसीले तेमालमा भ्रमण वर्ष २०२० तथा ल्होछारको अवसर पारेर आन्तरिक पार्यटन प्रवर्दन गर्ने उदेश्यले आयोजना गरिएको फुटबल प्रतियोगिताले तेमाल गाउँपालिका भित्र रहेका यूवाहरुको प्रतिभालाई एकिकृत गरी नमुना तेमाल निर्माणका लागि युवालाई नै परिचालन गर्नुपर्ने बताए । यसैगरी पालिकाका अध्यक्ष सलाम सि तामाङले तेमाल गाउँपलिकाको विकासको मेरुदण्ड यूवा शक्ति भएकाले युवाको सर्वाङ्गण विकासका लागि खेलकुदको आयोजना गरिएको बताए ।

कार्यक्रममा रोशी गाउँपालिकाका अध्यक्ष डिबि लामाले तेमाल गाउँपालिकाबाट विकास निर्माणका नमुना कामहरु रोशी गाउँपालिकाले पनि अनुसरण गरेको बताए । उपाध्यक्ष दुर्गामाया तामाङले गाउँपालिकाको खेलकुद अभियानमा तेमालका सबै सरोकारवबालाहरुलाई सहयोग गर्न अनुरोध गरिन ।

प्रकाशित मिति : २०७६, २३ माघ बिहीबार  ६ : १८ बजे

लुम्बिनीमा प्रधानमन्त्री गायब ! परम्परा तोडिँदा चर्कियो आलोचना

लुम्बिनी । बुद्धजयन्तीको अवसरमा हरेक वर्ष जस्तै यसपटक पनि विशेष

घरटहरा हटाउँदा आफ्नै सरकारविरुद्ध सांसद ! ‘जनतालाई बिर्सन मिल्दैन’

काठमाडौँ । देशका विभिन्न स्थानमा सञ्चालन भइरहेको घरटहरा हटाउने अभियानप्रति

देशमा सुरक्षित र समावेशी डिजिटल इकोसिस्टम निर्माण सरकारको प्राथमिकता : सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले देशमा

बल्खुमा डोजर पुगेपछि तनाव, बासिन्दामा सामान सार्ने हतार

काठमाडौं । काठमाडौं उपत्यकामा अतिक्रमित तथा नदी किनारका बस्ती हटाउने

टौबास क्षेत्रको अतिक्रमणबारे भिमफेदी गाउँपालिकाको कडा पत्र

मकवानपुर । भीमफेदी गाउँपालिकाले वडा नं १ को टौबास क्षेत्रमा