२०८३, २२ आश्विन शुक्रबार

हेटौँडामा नेकपा सांसदले पार्टी ह्वीप नमान्ने चेतावनी दिएपछि इञ्चार्ज काठमाण्डौमा

हेटौँडामा नेकपा सांसदले पार्टी ह्वीप नमान्ने चेतावनी दिएपछि इञ्चार्ज काठमाण्डौमा


धुलिखेल, २१ पुसः निकै पेचिलो बनेको प्रदेश नम्बर ३ को स्थायी केन्द्र र नामांकनका विषयमा पार्टी केन्द्रका ह्वीप सांसदहरुले नमान्ने देखिएपछि नेकपा प्रदेश इञ्चार्ज अष्टलक्ष्मी शाक्य काठमाण्डौ आइपुगेकी छन् ।

सोमबार बस्ने भनिएको प्रदेशसभाको पाँचौ अधिवेशन समेत दुईदिन पछि सारेर इञ्चार्ज शाक्यसँगै अध्यक्ष नारायण दाहाल र सचिव आनन्द पोखरेल काठमाडौं आएका हुन । दुई अध्यक्षसँग छलफल गरेर मात्रै अघि बढ्न मनसायका साथी इञ्चार्ज सहितको पदाधिकारी काठमाण्डौ आएको बुझिएको छ । तर पार्टीका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड रिफ्रेसका लागि भन्दै सोमबार सिन्धुपाल्चोक पुगेका छन ।

राजधानीको स्थायी केन्द्र तोक्न नेकपा सचिवालयले दिएको निर्देशन प्रदेश सांसदले नमान्ने देखिएपछि पुनः नेतृत्वसँग छलफल गर्न नेकपा प्रदेश ३ का पदाधिकारी काठमाण्डौ आएका हुन् । उनीहरुले अब शीर्ष नेतृत्वसँग छलफल गर्ने बुझिएको छ ।

काभ्रेका पाँचै जना सांसद सचिवालयको निर्देशनको विपक्षीमा उभिएका छन । त्यस्तै धादिङका राजेन्द्र पाण्डे, दोलखाका पशुपति चौलागाई, रचना खड्का, शान्ति पौडेल लगायत पूर्व एमाले तर्फका नेताहरुले पनि प्रदेश संसदीय दलको बैठकमा पार्टी हृवीप नमान्ने र फ्लोर क्रस गर्ने चेतावनी दिइसकेका छन ।

सिन्धुली, मकवानपुर र चितवनका प्रदेशसभा सांसदले हेटौंडा राजधानी हुनुपर्ने र पार्टी निर्णय मान्नु पर्ने धारणा राखेका छन् । त्यस बाहेकका अन्य जिल्लाका नेकपा सांसदले पार्टी ह्वीप नमान्ने चेतावनी दिएका छन ।

प्रकाशित मिति : २०७६, २१ पुस सोमबार  ७ : ३१ बजे

दशैंको टिकट खुल्यो, नयाँ बसपार्कमा रातिदेखि नै यात्रुको भीड

काठमाडौं । दशैं मनाउन घर फर्किने यात्रुको चाप बढ्न थालेसँगै

कांग्रेस महाधिवेशन : आज बिहान ७ बजेदेखि मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् नयाँ नेतृत्व

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

मतदानअघि गगन थापाको अपिल : ‘मेरो नाम जोडेर प्रचार गरिएका सूची आधिकारिक होइनन्’

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा मतदानको समय नजिकिँदै गर्दा

अनधिकृत रूपमा बढी भाडा लिएको पाइए कडा कारबाही गर्छौं : बुद्ध एयर

काठमाडौं । बुद्ध एयरले सामाजिक सञ्जाल तथा केही अनलाइन सञ्चारमाध्यममा

कालिमाटीस्थित साल्ट ट्रेडिङको सुपथ मूल्य पसलमा उपभोक्ताको लाइन (तस्विरहरुसहित)

काठमाडौं । काठमाडौंको कालिमाटीस्थित साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको सुपथ मूल्य