२०८३, ११ बैशाख शनिबार

ओलीको ‘स्टप इट’ पछि उपप्रधानमन्त्री यादव र मन्त्री राईद्धारा राजीनामा

ओलीको ‘स्टप इट’ पछि उपप्रधानमन्त्री यादव र मन्त्री राईद्धारा राजीनामा


काठमाण्डौ, ८ पुस केपी शार्मा ओली नेतृत्वको सरकारका उपप्रधान तथा कानून मन्त्री उपेन्द्र यादवले राजीनामा दिएका छन ।

यादवसँगै समाजवादी पार्टीबाटै शहरी विकास मन्त्री बनेका मोहम्मद इस्तियाक राईले पनि सोमबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा राजीनामा बुझाएका हुन । योसँगै केपी शर्मा ओली नेतृत्वको सरकारबाट समाजवादी पार्टी नेपाल बाहिरिएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा नियमित एजेण्डामाथि छलफल सकिने बित्तिकै यादवले ‘प्रधानमन्त्रीज्यू, मेरो एउटा प्रस्ताव छ’ भन्दै बन्द खाम टेबुलमा राखेका थिए । प्रधानमन्त्रीले के प्रस्ताव हो ? भनेपछि उनले संविधान संशोधनबारे भएको बताएका थिए । यादवले त्यति भन्नासाथ प्रधानमन्त्री ओली ‘स्टप इट’ भन्दै धाराप्रवाह बोल्न थाले । त्यसको भोली पल्ट वर्तमान सरकार संविधान संशोधनका लागि तयार नभएको भन्दै उपप्रधानमन्त्री यादवले राजीनामा दिए ।

प्रधानमन्त्रीले संविधान संशोधनका लागि राजनीतिक दलहरुबीच सहमति हुनुपर्ने भन्दै एउटा मन्त्रीले प्रस्ताव ल्याउने विषय नभएको प्रष्ट पारेका थिए । राजनीतिक स्टन्ट र बजारी खपतका लागि यस्ता प्रस्ताव नल्याउन समेत प्रधानमन्त्रीले उपप्रधानमन्त्री यादवलाई सुझाएको एक मन्त्रीले बताए ।

प्रधानमन्त्रीको भनाइ थियो(संविधान संशोधनको कुरा यसरी क्याबिनेटमा ल्याउन मिल्दैन । एउटा मन्त्रीले ल्याउने प्रस्ताव होइन । कि प्रमले ले भन्नुपर्यो कि त प्रमुख राजनीतिक शक्तिहरुबीच सहमति हुनुपर्यो । जुन पार्टीले यो देशमा नेतृत्व गरेको छ, त्यो पार्टीमा यसबारे छलफल नै भएको छैन ।’

प्रकाशित मिति : २०७६, ८ पुस मंगलबार  ४ : २१ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले