२०८३, ८ कार्तिक आईतबार

सिन्धुपाल्चोक बस दुर्घटनाका सबैक सनाखत (नाम सहित)

सिन्धुपाल्चोक बस दुर्घटनाका सबैक सनाखत (नाम सहित)


धुलिखेल ३० मंसिरः सिन्धुपाल्चोक बस दुर्घटनामा ज्यान गुमाएका १५ जनाको नै सनाखत भएको छ । दोलखाको कालिञ्चोक दर्शन गरी काठमाण्डौ तर्फ फर्किदै गरेको बा ४ ख ४४६८ नम्बरको रिजर्भ बस हिजो विहान सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका वडा नम्बर ५ स्थित ६ किलो माथिल्लो स्वारामा दुर्घटना हुदाँ १२ जनाको घटनास्थलमै, दुई जनाको उपचारको लागि धुलिखेल तर्फ ल्याउँदै गर्दा बाटोमै र एक जनाको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको थियो ।

शैलुङ गाउँपालिका वडा नम्बर ६ का चिनु बस्नेतको खनाखत भएसँगै सबैको सनाखत भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी प्रमूख एसपी प्रज्वल महर्जनले जानकारी दिए ।

मृत्यु हुनेमा सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा ७ का २८ वर्षीय शुक बहादुर तामाङ, ६० बर्षीय सविना तामाङ, १५ महिनाकी रोशनी तामाङ, २८ वर्षीय मञ्जु तामाङ, ३० बर्षीय रेश्मा तामाङ, सिन्धुपाल्चोककै लिसंखु पाखर गाउँपालिका वडा नम्बर ४ का ५५ बर्षीय गंगा माया लामा, बलेफी गाउँपालिका वडा नम्बर ७ की ४३ बर्षीय फूल माया तामाङ रहेका छन् ।

त्यसैगरी काभ्रेको बेथानचोक गाउँपालिका वडा नम्बर ५ का ३६ बर्षीय रामशरण खत्री र उनकी श्रीमती ३५ बर्षीय मैँया केसी पनि मृत्यु भएको छ ।

दुर्घटनामा परी रामेछापको उमाकुण्ड गाउँपालिका वडा नम्बर ४ की २४ बर्षीय मैया तामाङ, सुनापति गाउँपालिका वडा नम्बर ६ की ४०÷४२ की जुनु माया तामाङ, दोलखाको शैलुङ गाउँपालिका वडा नम्बर ६ का १० बर्षीय रञ्जित बस्नेत र भिमेश्वर नगरपालिका वडा नम्बर ९ की ४२ बर्षीय लक्ष्मी श्रेष्ठ मृत्यु भएको छ । एक जनाको भने सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

घटनामा १९ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । धुलिखेल अस्पतालमा ३ जनाको उपचार भइरहेको छ । केएसीमा एक जना, ह्याम्स अस्पतालमा १४ जना र सिन्धु सदावहार अस्पताल खाडिचौरमा ४ महिनाकी बालिकाको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

बस चालक फरार रहेकोले दुर्घटनाको कारण खुल्न सकेको छैन । बसमा सवार सबै घाइते भएको र चालक पनि फरार रहेकाले दुर्घटनाको कारण खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

प्रकाशित मिति : २०७६, ३० मंसिर सोमबार  ८ : २१ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना