२०८३, २६ कार्तिक बिहीबार

अस्पतालमा उपचार गर्दा गर्दै जसको मन्त्री पद गयो

अस्पतालमा उपचार गर्दा गर्दै जसको मन्त्री पद गयो


काठमाडौं मंसिर ५ : स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. सुरेन्द्र यादव गम्भीर बिरामी भएपछि चार दिनअघि वीर अस्पताल भर्ना भएका थिए। भीआईपीहरुका लागि तयार पारिएको वीरको विशेष कक्षमा भर्ना भएर उनी उपचाररत थिए। चार दिनदेखि वीर अस्पतालको भिआइपी कक्षमा उपचाररत उनको पद मन्त्रीनिवास फिर्नै नपाई खुस्किएको छ।

राज्यमन्त्री सुरेन्द्र यादवको मेरुदण्डमा समस्या देखिएपछि हिँडडुल गर्नै नसक्ने अवस्थामा पुगेपछि अस्पाताल भर्ना गरिएको थियो। कयौँ वर्षदेखि प्रयोगविहीन वीरको भीआइपी कक्षमा पहिलो पटक पुगेर उपचाररत रहने क्रममै यादवलाई सरकारले बिदा गरेको छ। राज्यमन्त्री यादवलाई अहिले वीरमा नशा रोग विशेषज्ञ राजीव झाको टोलीले उपचार गरिरहेको छ।

पछिल्लो समय स्वास्थ्यमा केही खराबी देखिँदै आएकोले पहिलो पटक उनलाई नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । तर त्यहाँ लामो समय कुर्नु पर्ने भएपछि राज्यमन्त्री यादव वीर अस्पतालमा पुगेका थिए। समाजवादी पार्टी नेपालका उनका विभागीय मन्त्री उपेन्न्द्र यादवलाई पनि सरकारले स्वास्थ्यबाट कानुन सरुवा गरेको छ। यादव भने सोमबारदेखि भारत भ्रमणमा छन्। उनी दिल्लीमै रहेका बेला सरकारले उनलाई स्वास्थ्यबाट कानुनमा सरुवा गरेको छ।

प्रकाशित मिति : २०७६, ५ मंसिर बिहीबार  ८ : २९ बजे

देउसी-भैलोका नाममा हुने अमर्यादित गतिविधि रोक्छौं : गृहमन्त्री

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले चाडपर्वका नाममा हुने अश्लील तथा

माछा व्यापारी र भन्सार कर्मचारी बीच सेटिङको चर्चा, पटक पटक पक्राउ परेकालाई जरिवानामा सहुलियत

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–१६ नगवामा रहेको सुरज फिस सप्लायर्सको माछा

चितवनमा उत्पादित सयपत्री र मखमली फूलको माला हङ्कङ निर्यात

चितवन । चितवनमा उत्पादित सयपत्री र मखमली फूल तथा माला

रसुवाका पिडित वालबालिकालाई लायन्स क्लवको शैक्षिक सामाग्री सहयोग

नुवाकोट। रसुवाको बिनासकारी बाढी पहिरोमा परि विद्यालय जान नसकिरहेका वालवालिकालाई