२०८३, १० भाद्र बिहीबार

थेराप्युटिक प्लाज्मा एक्स्चेञ्ज अब नेपालमै

थेराप्युटिक प्लाज्मा एक्स्चेञ्ज अब नेपालमै


काठमाडौँ, २७ असोज:मानव शरीरलाई घात गर्ने तत्व (एन्टिबडी) निकाल्ने थेराप्युटिक प्लाज्मा एक्स्चेञ्ज प्रक्रिया अब नेपालमै सम्भव भएको छ । नेपाल मेडिसिटी अस्पतालले मिर्गौला, मुटु र फोक्सोमा समस्या देखिएका एक ३३ वर्षीय पुरुष बिरामीको सफल उपचार गरेपछि यो उपचार प्रक्रिया सम्भव देखिएको हो ।

रगतमा हुने तरलता र रक्तकोशबाट प्रोटिन निकाली अर्को प्लाज्मा राख्ने यो प्रक्रियाका लागि करीब दुई घण्टा लागेको थियो । मिर्गौला, छाती, मस्तिष्क, नशा, फोक्सो, सेप्सिस, इन्डोक्राइनका बिरामी केही हदसम्म अब यो आधुनिक पद्धतिबाट लाभान्वित हुनेछन् ।उक्त अस्पतालका सघन उपचारकक्ष विभाग प्रमुख डा दिप्तेश अर्यालका अनुसार नवीनतम उपकरणको सहायताबाट मानव शरीरलाई नचाहिने रगतलाई छानेर बाहिर निकालिनेछ । त्यसबाट बिरामीले छिटो र सुलभ उपचार सेवा प्राप्त गर्नेछन् ।

यो प्रविधिको प्रयोगबाट उपचार गरिँदा औषधिको तुलनामा निकै कम खर्चिलो र बिरामीका लागि निकै लाभदायक हुने उहाँ बताउनुहुन्छ । उक्त अस्पतालमा सफल भएको थेराप्युटिक प्लाज्मा एक्स्चेञ्ज कम्तीमा तीनदेखि पाँचपटकसम्म गर्नुपर्ने हुन्छ । औषधिको प्रयोगभन्दा यो प्रविधिबाट उपचार गराउँदा बिरामीलाई लाग्दै आएको आर्थिक भारमा आधा कम हुने पनि डा अर्यालले जानकारी दिनुभयो । अस्पतालका ब्लड बैंक इञ्चार्ज बिपुल गौतमका अनुसार थेराप्युटिक प्लाज्मा एक्स्चेञ्ज प्रक्रिया एफेरेसिस उपकरणबाट सम्भव भएको हो ।

प्रकाशित मिति : २०७६, २७ आश्विन सोमबार  ९ : ०३ बजे

आइएफआरसीद्वारा भोटेकोशी बाढी प्रभावितलाई करिब १९ करोड सहयोग घोषणा

काठमाडौं । रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासङ्घ (आइएफआरसी)ले भोटेकोशी

रसुवा बाढीमा १६२ जनाको शव फेला

काठमाडौं । रसुवामा आएको बाढीमा परी मृत्यु भएकामध्ये विभिन्न आठ

काठमाडौं-मुग्लिन सडक आज दिउँसोसम्म सञ्चालनमा ल्याउने तयारी

काठमाडौं । बाढीका कारण अवरुद्ध काठमाडौं-मुग्लिन जोड्ने पृथ्वी राजमार्ग बिहीबार

रसुवा बाढी अपडेट: २८ प्रहरी बेपत्ता, १६२ शव फेला

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीपछि खोज तथा उद्धार कार्य तीव्र

भोटेकोशी बाढीबारे रवि लामिछानेले बोलाए सर्वदलीय बैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भोटेकोशी बाढीबाट