२०८३, २१ भाद्र सोमबार

हेलिकेप्टरबाट उद्धार गरिएकी ईन्द्रा बिक आर्थिक अभाबमा तड्पिदै

हेलिकेप्टरबाट उद्धार गरिएकी ईन्द्रा बिक आर्थिक अभाबमा तड्पिदै


अछामको कमलबजार नगरपालिका १ मुलीकी २० वर्षिया ईन्द्रा बिकलाई थप उपचारका लागि बयलपाटा अस्पताल बाट हेलिकेप्टर मार्फत नेपालगञ्ज लगिएको छ । अहिले उनि आर्थिक अभावमा नेपालगञ्ज मेडिकल कलेजमा तड्पिरहेकि छन् ।

आईसियुमा उपचार भइरहेको भएपनि दैनिक औषधि किन्न र आईसियुको खर्च ब्यबस्थापन गर्न समस्या भएको ईन्द्रका श्रीमान मनविर बिकले वताएका छन् ।
ईन्द्राको उपचारका लागि दैनिक ७ हजार भन्दा बढि खर्च लाग्ने गरेको छ । आईसियुको मात्र दैनिक ३ हजार तिर्ने गरेका छन् ।

अहिले सम्म त जेनतेन गरेको छु, शुरुमा त पैशा नहुँदा अस्पतालले भर्ना गर्न पनि आनाकानी गरेको थियो, चारै तिर गुहार गरेपछि भर्ना गरेर उपचार भइरहेको श्रीमान मनविरले वताए । अझै ५ दिन जति आईसियुमा राख्नुपर्ने भनेका छन्, पैशा एउटा पनि नभएर समस्या भएको उनले वताए ।
ईन्द्रा सात महिने गर्भवती छन्क । लगातार एक हप्ता देखि उनलाई ज्वरो आएको र शरिर भरी संक्रमण भएकाले बयलपाटा अस्पतालबाट थप उपचारका लागी नेपालगंञ्ज रेफर गरिएको बयलपाटा अस्पतालका स्वास्थ्य सेवा निर्देशक डाक्टर बिकास गौचनले बताए । आईसियुमा राखेर उपचार गर्नु पर्ने भयो, यहाँ सम्भब नभएपछि नेपालगञ्ज रिफर गरेको गौचनले वताए ।

बयलपाटा अस्पतालमा सम्भाबना नभएपछि उनलाई हेलिकप्टर मार्फत भदौ २८ नेपालगंञ्ज लगिएको थियो । सामाजिक विकास मन्त्रालय, स्वास्थ्य मन्त्रालयको पहलमा नेपालगञ्जमा त पुयाइयो, अहिले पैशा नहुँदा उपचार समस्या भइरहेको डा। विकास गौचनले वताए । आफुले नेपालगञ्ज मेडिकल कलेजमा भनेर अहिले सम्म जेनतेन उपचार भइरहेको गौचनले थपे । ईन्द्राको श्रीमान मनविरले पैशाका लागि पहल गरिदिनका लागि आफुलाइ पटक पटक भनिरहेको उनले वताए । उता कमलबजार नगरपालिकाले १० हजार उपचार खर्च दिने भनिरहेको भएपनि ईन्द्राको विवाह दर्ता केही प्रमाण नभएकोले दिन नमिल्ने भन्दै आनाकानि गरिरहेको छ ।

आर्थिक अबस्था निकै कमजोर भएका मनवीरको परिवारले फलामका भाडा कराउने काम गरेर परिवार पाल्थे । सम्पत्तिको नाममा सानो छाप्रो घर भन्दा बाहेक नभएका मनवीरलाई आईसियुमा राखेर उपचार गर्नुपर्दा निकै समस्या भएको छ । मनविरले भने आमा र पेटमा रहेको बच्चालाई बचाईदिन आग्रह समेत गरेका छन् ।

बिकको उपचारका लागी बयलपाटा अस्पतालबाट आर्थिक संकलन गर्ने काम भईरहेको बयलपाटा अस्पतालका स्वास्थ्य सेवा निर्देशक डाक्टर बिकास गौचनले जानकारी वताए । साथै डाक्टर गौचनले आर्थिक सहयोगका लागी सबैलाई आग्रह समेत गरेका छन् ।डको आरोपमा कास्कीको माछापुच्छ्रे गाउँपालिका १ का वडाध्यक्षसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रकाश सिह

प्रकाशित मिति : २०७६, १ आश्विन बुधबार  ६ : ५१ बजे

निर्माण व्यवसायी संघ काभ्रेको नयाँ नेतृत्व चयन, अध्यक्षमा अकुर प्रसाद गौतम

काभ्रे । निर्माण व्यवसायी संघ, काभ्रेको १५औँ साधारण सभा तथा

राप्रपामा धक्का : महामन्त्री शरदराज पाठकले छाडे पार्टी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री शरदराज पाठकले पार्टीको

कांग्रेसमा फेरि बढ्यो विवाद : ‘महाधिवेशन अघि बढे पार्टी फुट्न सक्छ’ भन्दै रमेश लेखकको चेतावनी

कञ्चनपुर । नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद समाधान हुनुको साटो झन्

बाढी उद्धारमा आईजीपी कार्कीको निर्देशन : ‘कुनै कसर बाँकी नराख्नु’

काठमाडौं । भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीपछि उद्धार तथा

भोटेकोशी बाढी : ११औँ दिनसम्म ४ जनाको जीवित उद्धार, खोजी कार्य तीव्र

काठमाडौं । भोटेकोशी बाढी आएको ११औँ दिनसम्म जलविद्युत् आयोजनाका सुरुङ