२०८३, ४ आश्विन सोमबार

पनौती नगरको विद्यार्थीलाई प्रोत्साहन, उत्कृष्टलाई नगदसहित सम्मान

पनौती नगरको विद्यार्थीलाई प्रोत्साहन, उत्कृष्टलाई नगदसहित सम्मान


पनौती, २३ भदौ : पनौती नगरपालिकाको शिक्षा शाखाले ४०औँ राष्ट्रिय शिक्षा दिवस तथा ५३ औंं अन्तरराष्ट्रिय साक्षरता दिवसको अवसर पारेर आइतबार ५६ विद्यार्थीलाई नगदसहित सम्मान गरेको छ ।

शाखाले गत शैक्षिक सत्रमा एसइई परीक्षा र आरधारभूत तहको २०७५ मा उत्कृष्ट अङ्क ल्याउन सफल पनौती नगरपालिकाभित्रका सामुदायिक र निजी विद्यालयका विद्यार्थीलाई नगदसहित सम्मान गरेको हो । एसइई परीक्षामा उत्कृष्ट अङ्क ल्याउन सफल ११ विद्यार्थीलाई नगद रु पाँच हजारका दरले र आधारभूत तहमा उत्कृष्ट अङ्क ल्याउन सफल ४५ विद्यार्थीलाई प्राप्त अङ्कको आधारमा एक हजार ५ सय नगदसहित सम्मानपत्र प्रदान गरेको छ ।

सम्मान कार्यक्रममा नगरप्रमुख भीम न्यौपानेले आम विद्यार्थीको प्रोत्साहन स्वरुप सम्मान गरिएको बताएका थिए । “यो नगरको तर्फबाट गरिएको प्रोत्साहन कार्यक्रम हो, भोलिका दिनमा नगरले शैक्षिक गुणस्तर अभिवृद्धिको लागि अझ थप योजना ल्याउनेछ”– नगर प्रमुख न्यौपानेले भने । कार्यक्रममा विद्यालयका शिक्षक, अभिभावक, कर्मचारी तथा जनप्रतिनिधिले सहभागिता जनाएका थिए ।
–––

प्रकाशित मिति : २०७६, २३ भाद्र सोमबार  ९ : ०८ बजे

सलमान खानले बिग बोसको स्टेजमै किन टोपी र ज्याकेट खोले ? 

काठमाडौं । बलिउड अभिनेता सलमान खानले आफ्नो तौल र रूपरङलाई

एमाले कार्यदल बैठक लम्बियो, सचिवालय बैठक ३ बजे सर्‍यो

काठमाडौं । नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको

संविधान दिवसमा २०० विद्यार्थीलाई कपडा वितरण

काठमाडौं । १२औँ संविधान दिवस तथा राष्ट्रिय दिवस–२०८३ को अवसरमा

भारतको सहयोगमा ‘ब्रेक’ : नेपालले विस्तृत पुनर्निर्माण प्रस्ताव नदिएसम्म रकम घोषणा नहुने

काठमाडौं । भोटेकोशी बाढीपछि पुनर्निर्माणका लागि भारतसँग सहयोग माग्न पुगेका