२०८३, १० भाद्र बिहीबार

डेङ्गु रोगको शुरु गरियो वीर अस्पतालमा परीक्षण

डेङ्गु रोगको शुरु गरियो वीर अस्पतालमा परीक्षण


काठमाडौ, २० भदौ : देशको जेठो अस्पताल राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान अन्तर्गत रहेको वीर अस्पताले काठमाण्डु उपत्याकामा डेगु रोगको परीक्षण थालेको छ । उपत्यकाभित्र डेङ्गु रोगको प्रकोप बढ्न थालेपछि राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान (न्याम्स) अन्तर्गतको वीर अस्पतालले सो रोगको सेवा आजदेखि शुरु गरेको हो ।

डेङ्गु रोग परीक्षण गर्ने कीट अस्पतालले आफैं खरीद गरी अस्पतालमा आउने बिरामीलाई सो सेवा दिन थालेको अस्पतालका निर्देशक प्रा. डा. केदार सेञ्जुरीले जानकारी दिए । डेङ्गु परीक्षण एकमात्र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा मात्र हुँदै आएको थियो । टेकु अस्पतालमा बिरामी रिफर गर्दा अस्पतालले धान्न नसक्ने अवस्था आएपछि सबैभन्दा पुरानो अस्पतालले यो सेवा शुरुवात गरेको जनाएको छ ।

वीर अस्पतालले पनि आजदेखि डेङ्गु रोगको परीक्षण शुरु गरेको छ । निर्देशक सेन्चुरीले भने, “डेङ्गुको आशङ्का गरेपछि थप परीक्षणका लागि टेकु पठाउथ्यौँ । टेकुले पनि धान्न सक्ने अवस्था देखिएन । बिरामीको सङ्ख्या बढ्न थाल्यो । भर्ना भएका बिरामीलाई पनि लक्षण देखिन थाल्यो । त्यसैले कीट ल्याएर यहीँ परीक्षण गर्न थाल्यौँ ।”

अस्पतालले आकस्मिक र बहिरङ्ग दुवैतर्फ आउने बिरामीको सो रोग परीक्षण हुने व्यवस्था मिलाएको छ । बिरामीको सुविधाका लागि अस्पतालले रु ५०० मा कीटद्वारा परीक्षणको व्यवस्था मिलाएको जनाएको छ । विसं २०७५ वैशाख महीनामा धरानमा देखापरेको सो रोग हाल देशका ५० भन्दाबढी जिल्लामा देखा परिसकेको छ । यसबाट मुख्य शहर काठमाडौँ, पोखरा, विराटनगर, धरान, चितवनमा प्रकोपका रुपमा देखापरेको छ ।

एकमात्र सरुवा रोग अस्पताल टेकुमा डेङ्गुको आशङ्कामा स्वास्थ्य परीक्षण गराउन आउने बिरामीको सङ्ख्या दैनिकरुपमा अत्यधिक वृद्धि भएको छ । बिहीबार मात्र करीब ४०० को स्वास्थ्य परीक्षण गर्दा १२३ जनामा डेङ्गु रोगको सङ्क्रमण भेटिएको अस्पतालले जनाएको छ ।

अस्पतालमा कार्यरत चार जना चिकित्सकसहित अन्य ११ जना स्वास्थ्यकर्मी स्वयं डेङ्गु रोगको सङ्क्रमण भएका अस्पतालका सूचना अधिकारी रुपनारायण खतिवडाले जानकारी दिनुभयो । अस्पतालमा डेङ्गु रोगीका उपचार गर्न २४ शैया मात्र रहेको छ । अस्पतालले थप २० शैया थप गर्ने तयारीमा अस्पताल लागेको छ ।

प्रकाशित मिति : २०७६, २० भाद्र शुक्रबार  १० : ४४ बजे

आइएफआरसीद्वारा भोटेकोशी बाढी प्रभावितलाई करिब १९ करोड सहयोग घोषणा

काठमाडौं । रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासङ्घ (आइएफआरसी)ले भोटेकोशी

रसुवा बाढीमा १६२ जनाको शव फेला

काठमाडौं । रसुवामा आएको बाढीमा परी मृत्यु भएकामध्ये विभिन्न आठ

काठमाडौं-मुग्लिन सडक आज दिउँसोसम्म सञ्चालनमा ल्याउने तयारी

काठमाडौं । बाढीका कारण अवरुद्ध काठमाडौं-मुग्लिन जोड्ने पृथ्वी राजमार्ग बिहीबार

रसुवा बाढी अपडेट: २८ प्रहरी बेपत्ता, १६२ शव फेला

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीपछि खोज तथा उद्धार कार्य तीव्र

भोटेकोशी बाढीबारे रवि लामिछानेले बोलाए सर्वदलीय बैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भोटेकोशी बाढीबाट