२०८३, १० भाद्र बिहीबार

मन्त्री खनाल डेङ्गुबाट सङ्क्रमित

मन्त्री खनाल डेङ्गुबाट सङ्क्रमित


काठमाडौँ, १९ भदौ: कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनाल डेङ्गु रोगबाट सङ्क्रमित भई ग्राण्डी अस्पतालमा उपचार गराइरहनुभएको छ । उहाँको उपचारमा डा विनय रेग्मीसहितको टोली संलग्न छ । मङ्गलबार राति एक्कासि ज्वारो आएपछि उपचारका लागि पुल्चोकस्थित बुधबार बिहान पुल्चोकस्थित निदान अस्पताल जानुभएको थियो । उपचारका क्रममा रगत परीक्षण गर्दा सो रोग प्रमाणित भएको मन्त्री खनालका सञ्चार विज्ञ बोमलाल गिरीले जानकारी दिनुभयो । टेकुस्थित ट्रपिकल तथा सरुवा रोग अस्पतालको प्रयोगशालामा रगत परीक्षण गरिएको थियो ।

सरुवा रोग अस्पतालमा श्ययाको अभाव भएपछि निदान अस्पतालबाट ग्राण्डी अस्पतालमा मन्त्री खनालको थप उपचार भइरहेको जनाइएको छ । विज्ञ गिरीले भन्नुभयो, “टेकु अस्पतालमा श्यया अभाव भएपछि ग्राण्डी अस्पतालमा मन्त्री खनालको उपचार भइराखेको हो, उहाँको स्वास्थ्य स्थिति सामान्य रहेको छ ।”

मङ्गलबार दिउँसो मन्त्रालयको काममा व्यस्त हुँदा मन्त्री खनालले असजिलो महसुस गर्नुभएको थियो । सोही दिन उहाँ मन्त्रालयको तीनवटा औपचारिक कार्यक्रम तथा बैठकमा सहभागी हुनुभएको सञ्चार विज्ञ गिरीले बताउनुभयो । पछिल्लो समय काठमाडौँ उपत्यकाभित्र डेङ्गु रोगको उच्च जोखिम देखिएको छ ।

प्रकाशित मिति : २०७६, १९ भाद्र बिहीबार  ६ : १३ बजे

आइएफआरसीद्वारा भोटेकोशी बाढी प्रभावितलाई करिब १९ करोड सहयोग घोषणा

काठमाडौं । रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासङ्घ (आइएफआरसी)ले भोटेकोशी

रसुवा बाढीमा १६२ जनाको शव फेला

काठमाडौं । रसुवामा आएको बाढीमा परी मृत्यु भएकामध्ये विभिन्न आठ

काठमाडौं-मुग्लिन सडक आज दिउँसोसम्म सञ्चालनमा ल्याउने तयारी

काठमाडौं । बाढीका कारण अवरुद्ध काठमाडौं-मुग्लिन जोड्ने पृथ्वी राजमार्ग बिहीबार

रसुवा बाढी अपडेट: २८ प्रहरी बेपत्ता, १६२ शव फेला

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीपछि खोज तथा उद्धार कार्य तीव्र

भोटेकोशी बाढीबारे रवि लामिछानेले बोलाए सर्वदलीय बैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भोटेकोशी बाढीबाट