२०८३, ११ भाद्र शुक्रबार

चन्द समूहका इन्चार्ज कारागार चलान

चन्द समूहका इन्चार्ज कारागार चलान


नवलपरासी, १६ भदौ: नेत्रविक्रम चन्द समूहका नवलपरासी जिल्ला सदस्य तथा सुनवल नगरपालिका इन्चार्ज आत्मराम आचार्य कारागार चलान भएका छन् । सङ्गठित मुद्दामा फरारसमेत रहेका आचार्यले जिल्ला अदालतले तोकेको धरौटी बुझाउन नसकेपछि आज कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो ।

आचार्यलाई अस्थायी प्रहरी विट भूमहीको टोलीले शनिबार सुनवल–११ जर्गाहाबाट पक्राउ गरेको थियो । “आचार्य गत फागुन ३० गते चन्द समूहले आह्वान गरेको नेपाल बन्दको पूर्वसन्ध्यामा फागुन २९ गते राति नवलपरासीको सरावल गाउँपालिका–१ तुल्सिपुरस्थित पूर्वपश्चिम राजमार्गमा रोकिराखेको ट्रकमा आगो लगाइ सङ्गठित अपराध मुद्दामा फरार थिए”, प्रहरी नायब उपरीक्षक थापाले भन्नुभयो । रासस

प्रकाशित मिति : २०७६, १६ भाद्र सोमबार  ८ : ३० बजे

५० लाखमुनि लक्जरी ईभी ! स्काईवेलको मूल्य सुनेर नाडा अटो शोका दर्शक चकित

काठमाडौं । नाडा अटो शो २०२६ मा एउटा ईभीले आफ्नो

भेटिएका ४८९ शवमध्ये ३९३ अझै बेवारिसे, पहिचानको पर्खाइमा आफन्त

काठमाडौं । रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीपछि

केरुङ पहिरो : जोखिमबीच चिनियाँ उद्धार टोली प्रभावित क्षेत्रमा, खोजी तीव्र

काठमाडौं । चीन–नेपाल सीमा क्षेत्रमा पर्ने केरुङमा गएको भीषण पहिरोपछि

बाढीपहिरो पीडितका लागि एमालेको २० लाख सहयोग, स्वयंसेवक पनि परिचालन

काठमाडौं । बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि नेकपा

गण्डकी सरकारको बाढीपीडितलाई ४ करोड सहयोग

काठमाडौं । गण्डकी प्रदेश सरकारले भोटेकोशी बाढी प्रभावित नागरिकको उद्धार