२०८३, १९ आश्विन मंगलबार

तेमालको तामाङ बस्तीमा तीज विशेष लोक दोहोरी प्रतियोगिता (फोटो फिचर)

तेमालको तामाङ बस्तीमा तीज विशेष लोक दोहोरी प्रतियोगिता (फोटो फिचर)


तेमाल १४ भदौ : हिन्दु नारीहरुको मात्रै चाड भनेर परिभाषारित हुदैँ आएको तीजको दायरा पछिल्लो केहिवर्ष यता क्रमश : फाराकिलो हुदैँ गएको छ ।  यसको ज्वालन्त उदाहरण दिएको छ बहुसंख्याक तामाङ समुदायको बसोबास रहेको तेमाल गाउँपालिकाले ।

पालिका आफै आयोजक बनेर यति धेरै तामाङ समुदायको बसोबास रहेको क्षेत्रमा पहिलो पटक तीज विशेष लोक दोहोरी प्रतियोगिता आयोजना गरेको हो । ‘तेमालमा ७० प्रतिशतभन्दा बढी तामाङ समुदायको बसोबास रहेको छ, उपप्रमूख दुर्गामाया तामाङले भनिन् ‘तेमालमा बसोबास गर्ने हरेक समुदायको चाडपर्व उत्तिकै सौहार्द, हार्दिकता र उल्लासमय ढंगले मनाउन हामीले तीज गीत प्रतियोगिता आयोजना गरेका हौँ ।’

तेमालको पोखरीनारायणस्थानमा भएको कार्यक्रममा बोल्दै तेमाल गाउँपालिकाका प्रमूख सलाम सिंह तामाङले सबै समुदायको चाडपर्व, रितिरिवाज, धर्म र सस्कृतिलाई सम्मान गर्ने अभियान अन्तर्गत तीज गीत प्रतियोगिता आयोजना गरेको बताए । ‘तीज पनि हाम्रै सस्कृति हो, प्रमूख तामाङले भने हामी एक अर्कोको अस्तित्वलाई स्वीकार गर्न सक्यौ भने मात्रै समृद्ध तेमाल बन्न सक्छ, त्यसको थालनी तपाई हामाी सबै मिलेर गर्ने हो ।’

प्रतियोगितामा पालिकाभित्रका विभिन्न ११ वटा महिला समूहले प्रतिस्पर्धा गरेका थिए । जसमा तेमाल गाउँपालिका वडा नम्बर ७ चापाखोरीको समूह २० हजार नगद पुस्कार सहित प्रथम भएको छ । १५ हजार नगद पुस्कार पाएर वडा नम्बर २ सस्र्यूखर्कको समूह दोस्रो भएको गाउँपालिकाका प्रवक्ता एवं वडा नं ७ का अध्यक्ष ज्ञान बहादुर तामाङले जानकारी दिए । उनका अनुसार वडा नम्बर ७ कै समूह तेस्रो भएको छ यो समूहले नगद १० हजार पुस्कार पाएको छ । वडा नम्बर १ ले भने ५ हजार नगद सहित स्वान्त्वनामा चित्ता बुझाएको छ । प्रवक्ता तामाङले कार्यक्रममा सहभागी नागरिक समाज, प्रतियोगीतामा विजयी र सहभागी सबैलाई बधाई तथा शुभकामना राखेका थिए ।

तेमालको शान, महिलाहरुको पहिचान, कला, सँस्कृतिको जर्गेना हाम्रो अभियान भन्ने नाराका साथ आयोजना गरिएको प्रतियोगितामा लोकदोहोरी गायक मदन गोपाल र सुनिता अधिकारीले निर्णायकको भूमिका निर्वाह गरेका थिए । प्रतियोगितामा मौलिक कला, स्थानीयपन र जीवनशैली समेटिएको गीतलाई उच्च प्राथमिकता दिइएको गाउँपालिकाका प्रमूख कार्यकारी अधिकारी लक्षम कुईकेलले बताए ।

तेमाल गाउँपालिकाले बौद्ध धर्मवलम्बीहरुको मूख्य चाड सोनाम ल्होछारमा समेत तीनदिनसम्म बिदा दिदै आइरहेको छ ।

प्रकाशित मिति : २०७६, १४ भाद्र शनिबार  १० : ३८ बजे

सरकार गठनमा समर्थन गरेकै आधारमा राप्रपाका नेतालाई कारबाही गर्नु नेतृत्वको गल्ती

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता

भोटेकोशी बाढीले घरबारविहीन ८० परिवारलाई हिमालयन भ्याकेसनको राहत

रसुवा । भोटेकोशीको विनाशकारी बाढीले घरबार, सम्पत्ति र आफन्त गुमाएका

कर्णालीको कम्युनिस्ट आन्दोलनको दस्तावेज सार्वजनिक हुँदै, बोगटीको पुस्तक असोज २१ मा लोकार्पण

काठमाडौं । कर्णालीमा कम्युनिस्ट आन्दोलन कसरी अघि बढ्यो, त्यसका आधार

कांग्रेसमा आज नेतृत्वको फैसला, सभापतिसहित केन्द्रीय पदमा निर्वाचन हुँदै (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा आज नेतृत्व चयनका लागि