२०८३, १ आश्विन शुक्रबार

पाकिस्तान र नेपालका विदेशमन्त्री फोन वार्ता, संवादमा जानुपर्छ : मन्त्री ज्ञवाली

पाकिस्तान र नेपालका विदेशमन्त्री फोन वार्ता, संवादमा जानुपर्छ : मन्त्री ज्ञवाली


काठमाडौं, ६ भदौ। छिमेकी मुलुकहरु भारत र पाकिस्तानको सीमा क्षेत्र काश्मिरमा भएको तनावका बारेमा नेपालले आफ्नो भूमिका स्पष्ट पार्न पाकिस्तानी विदेशमन्त्री शाह महमूद कुरैशीले परराष्ट मन्त्री प्रदिव ज्ञवालीलाई आग्रह गरेका छन् । भारतीय विदेशमन्त्री सुब्रमन्यम जयशंकर काठमाडौंको दुईदिने भ्रमण सकेर दिल्ली फर्किएलगत्तै पाकिस्तानी विदेशमन्त्रीले कश्मीर मामिलामा नेपालसँग सहयोग मागेका हुन् ।

पाकिस्तानी विदेशमन्त्री शाह महमूद कुरैशीले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई टेलिफोनमार्फत कश्मीरको पछिल्लो अवस्थाका बारेमा जानकारी गराउँदै नेपालको भूमिका खोजेका हुन् । ‘उहाँले मलाई फोन गरेर कश्मीर अवस्थाबारे जानकारी गराउँदै सीमा क्षेत्रमा तनाव बढेको बताउनुभयो । नेपाललले यो परिस्थितिमा आफ्नो भूमिकाको बारेमा विचार गरोस् भन्दै उहाँले पाकिस्तानी दृष्टिकोण राख्नुभयो’,–मन्त्री ज्ञवालीले भने, आफूले कश्मीर समस्याको हल दुवै देश बीचको संवादबाट निकाल्नुपर्ने जवाफ दिएको छु । नेपालले कश्मीरमा विकसित घटनाक्रमलाई नजिकबाट नियालिरहेको र आफूहरु क्षेत्रीय शान्ति तथा स्थिरताको पक्षमा रहेको मन्त्री ज्ञवालीको भनाई छ ।

प्रकाशित मिति : २०७६, ६ भाद्र शुक्रबार  ४ : ४५ बजे

सुनको भाउमा फेरि ठूलो उछाल, तोलामा ३ हजार ६ सय रुपैयाँ बढ्यो

काठमाडौ । नेपाली बजारमा सुनको मूल्यले फेरि ठूलो उछाल लिएको छ।

इरानी राष्ट्रपति पेजेस्कियानलाई अमेरिकाको भिसा, महासभामा सहभागी हुन न्यूयोर्क जाँदै

काठमाडौं। अमेरिका र इरानबीच तनाव चर्किरहेका बेला अमेरिकी सरकारले इरानी राष्ट्रपति मसुद

डेढ अर्बको हुण्डी कारोबार आरोपमा विराटनगरका दुई जना पक्राउ

विराटनगर । एक अर्ब ५७ करोड रुपैयाँभन्दा बढीको हुण्डी कारोबार गरेको

प्रधानमन्त्री बालेन हुन कि रवि लामिछाने हुन भन्नेमा कन्फूजन छ : गणेशबहादुर विश्वकर्मा

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका प्रतिनिधिसभा सदस्य गणेशबहादुर विश्वकर्माले वर्तमान

क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो : अजय विक्रम थापा

पछिल्लो समय नेपालमा क्यासिनोको संख्या बढ्दै छ, तर ठूला लगानी