२०८३, २ आश्विन शनिबार

प्रदेश ३को मन्त्रिपरिषद बैठक सम्पन्न, योजना आयोगका उपाध्यक्ष देवकोटाको राजीनामा स्वीकृत

प्रदेश ३को मन्त्रिपरिषद बैठक सम्पन्न, योजना आयोगका उपाध्यक्ष देवकोटाको राजीनामा स्वीकृत


हेटौंडा ६ साउन : प्रदेश नं ३ मन्त्रिपरिषदको बैठक सोमबार १२ वटा निर्णय गरी सम्पन्न भएको छ । बैठकले प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डाक्टर खिमलाल देवकोटाले असार २५ गते दिएको राजिनामा स्वीकृत गरिएको छ । त्यस्तै बैठकबाट सार्वजनिक खरिद नियमावली २०७६ स्वीकृत गर्ने निणय गरिएको सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजना मन्त्री कैलाश प्रसाद ढुङ्गेलले बताए ।

बैठकले मुख्यमन्त्री कार्यालयमा ११ औ तहका स्वास्थ्यसेवाका कर्मचारी राख्ने निणय गरिएको छ । स्थानीय तहमा कानूनी सहजकर्ता नियुक्ति गर्ने कार्यबिधि २०७६ स्वीकृत गरिने, द्वन्द प्रभावित परिवारलाई सहयोग गर्ने कार्यबिधि २०७६ स्वीकृत गर्ने निर्णय भएको मन्त्री ढुङ्गेलले बताएका छन् ।

मन्त्रिपरिषदको बैठकले एक बिद्यालय एक नर्ष सञ्चालन गर्ने कार्यबिधि २०७६ स्वीकृत गर्ने निणय गरिएको छ । प्रदेश राजपत्रमा प्रकाशन निर्देशिका २०७६ स्वीकृत गरिएको छ । यसैगरी बैठकले आर्थिक वर्ष २०७५–०६६ मा प्रदेशका स्थानीय तहलाई दमकल, एमुलेन्स, सवबहान खरिद गर्नका लागि दिइएको सर्सत्र अनुदान रकम फ्रिज नगर्ने भएका छन् ।

यो अनुदान रकमबाट केही स्थानीय तहले अत्यावस्यक सवारीका साधन खरिद गरेका छन् भने केहीले खरिदको प्रकृया सुरु गरेका छन् । प्रदेश सरकारले स्थानीय तहलाई अत्यावस्यक सवारीका साधन खरिद गर्न दिएको रकम खर्च नभएको पाइएमा फ्रिर्ता लिएर पछी फेरी दिनेगरी निणय गरेको भए आर्थिक नियमको बख्रीलाप नहुने प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

बैठकले कृषि मन्त्रालय र कृषि विकास वैकमा इमेल गर्ने, सार्वजनिक निर्माण कार्यान्वयन इकाइको समय र कार्यक्षेत्र थप गर्ने, कर्मचारी दरवन्दी थप गर्ने निणय गरिएको छ । यसैगरी प्रदेश ३ का भूमि, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाको धर्म पत्नी कान्छीमायाँको मृत्युको शोक प्रस्ताव पारित गर्ने निणय गरिएको छ ।

प्रकाशित मिति : २०७६, ६ श्रावण सोमबार  २ : ५३ बजे

सुनको भाउमा फेरि ठूलो उछाल, तोलामा ३ हजार ६ सय रुपैयाँ बढ्यो

काठमाडौ । नेपाली बजारमा सुनको मूल्यले फेरि ठूलो उछाल लिएको छ।

इरानी राष्ट्रपति पेजेस्कियानलाई अमेरिकाको भिसा, महासभामा सहभागी हुन न्यूयोर्क जाँदै

काठमाडौं। अमेरिका र इरानबीच तनाव चर्किरहेका बेला अमेरिकी सरकारले इरानी राष्ट्रपति मसुद

डेढ अर्बको हुण्डी कारोबार आरोपमा विराटनगरका दुई जना पक्राउ

विराटनगर । एक अर्ब ५७ करोड रुपैयाँभन्दा बढीको हुण्डी कारोबार गरेको

प्रधानमन्त्री बालेन हुन कि रवि लामिछाने हुन भन्नेमा कन्फूजन छ : गणेशबहादुर विश्वकर्मा

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका प्रतिनिधिसभा सदस्य गणेशबहादुर विश्वकर्माले वर्तमान

क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो : अजय विक्रम थापा

पछिल्लो समय नेपालमा क्यासिनोको संख्या बढ्दै छ, तर ठूला लगानी