२०८३, २ आश्विन शनिबार

जनता आतङ्कित बनाउने समय होइन : अध्यक्ष दाहाल

जनता आतङ्कित बनाउने समय होइन : अध्यक्ष दाहाल


चितवन, ८ वैशाख: पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी नेकपामा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको समय जनतालाई आतङ्कित बनाएर हिँड्ने समय नरहेको बताउनु भएको छ । कैलाशनगर माविको स्वर्ण महोत्सव उद्घाटन समारोहलाई आज यहाँ सम्बोधन गर्दै उहाँले वार्ता, सहमति र संवादबाटै समस्याको समाधान गर्न सकिने बताउनुभयो ।

चन्द नेतृत्वको माओवादीतर्फ लक्षित गर्दै उहाँले भन्नुभयो, “अहिले देश २०५२ सालमा छैन, २०७२ साल पनि होइन २०७६ साल हो । यो समय बम पड्काएर, जनता आतङ्कित बनाएर चन्दा उठाएर हिँड्ने समय होइन ।” परिस्थितिलाई विचार गरेर वार्ता, सहमति र संवादबाटै जाने वातावरण रहेको उहाँको भनाइ थियो । कम्युनिष्ट पार्टीकै सरकार र जनताले कम्युनिष्टलाई दुई तिहाइ मत दिएको समयमा यस्ता एकाध घटना गराएर परिवर्तनका कुरा गर्नुभन्दा ठूलो भ्रम अरू केही नहुने उहाँको बताउनुभयो ।

अध्यक्ष दाहालले चन्द समूहले पनि सहज वातावरण बनाउन वार्ता, संवादमा आउने र सबै मिलेर देशलाई समाजवाद उन्मुख राज्य बनाउन सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “देश विकासतर्फ जाँदै गरेको समयमा संवादमार्फत समस्या समाधान नभए बलिदान र नेपाली जनताको अपमान हुनेछ ।” आफूले बिप्लवलाई गलत बाटोमा हिँडेको जानकारी गराएको उहाँको भनाइ थियो ।

उहाँले अबको १० वर्षमा मुलुकलाई मध्यमस्तरीय विकसित देशमा लैजाने बताउनुभयो । राष्ट्रिय एकता, सामाजिक न्याय चाहन्छन्, समृद्धि आओस्, राष्ट्रिय स्वाधीनताको कुरालाई ध्यान दिने हो भने सहमतिको विकल्प नरहेको उहाँको भनाइ थियो । सरकारले ल्याउन लागेको नयाँ बजेटमा निर्वाचनमा गरिएका वाचा बजेटमार्फत आउने र राष्ट्रिय सहमतिमार्फत देशको विकास गर्ने अध्यक्ष दाहालले बताउनुभयो ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य उमा रेग्मी, नेपाली काङ्ग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, भरतपुर महानगरपालिका–५ का वडाध्यक्ष पदमपाणि सुवेदी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बैकुण्ठराज पौडेल, प्रधानाध्यापक रामजीप्रसाद अधिकारीलगायतले बोल्नुभएको थियो ।
-रासस

प्रकाशित मिति : २०७६, ८ बैशाख आईतबार  ८ : ५२ बजे

संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउन राष्ट्रपतिको आह्वान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानले नागरिक स्वतन्त्रता, कानुनी शासन,

टुँडिखेलमा संविधान दिवसको विशेष समारोह

काठमाडौं । संविधान दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह

गगनको ओली-प्रचण्डलाई जवाफ : ‘रास्वपालाई अलग गर्न मिल्दैन’

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले संविधानका नाममा राजनीतिक

संविधानको सफलता नागरिकले अनुभूति गर्नुपर्छ : मुख्यमन्त्री थापा मगर

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले संविधानको सफलता

संविधान दिवसमा इनरुवामा देखियो उत्सव

इनरुवा । संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा शनिबार सुनसरी