२०८३, २ आश्विन शनिबार

अध्यक्ष दाहाल स्वदेश फिर्ता

अध्यक्ष दाहाल स्वदेश फिर्ता


काठमाडौँ, १४ चैत : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ धर्मपत्नी सीता दाहालको स्वास्थ्योपचारपछि संयुक्तराज्य अमेरिकाबाट स्वदेश फर्कनुभएको छ । आज स्वदेश फर्कने क्रममा अध्यक्ष दाहालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा मुख्यतः उपचारकै काममा रहे पनि अमेरिकामा रहँदा उच्चस्तरीय राजनीतिक भेटसमेत भएको जानकारी दिनुभयो ।

अमेरिकामा रहँदा दक्षिण तथा मध्यएशिया मामिलासम्बन्धी प्रमुख उपसहायकमन्त्री एलाइस जी वेल्ससँग भेट भएको जानकारी गराउँदै अध्यक्ष दाहालले त्यसअवसरमा द्विपक्षीय सबै विषयमा कुरा भएको बताउनुभयो । सो अवसरमा दुई देशका आपसी सहयोगका विषय र नेपालको राजनीतक विषयमा कुरा भएको जानकारी गराउँदै उहाँले भन्नुभयो, “तिब्बतीयनका सम्बन्धमा नेपालले मानवाधिकारको विषयमा विगतदेखि गर्दै आएको काम गरोस् भन्ने उहाँको कुरा थियो । साथै उत्तर कोरियाका सम्बन्धमा पनि आफ्ना केही चासोमा नेपालले बुझिदिएहुन्थ्यो भन्ने उहाँको कुरा थियो ।”

भेटमा दुवै देशका बीचमा उच्चस्तरीय भेटघाट र संवाद धेरै वर्षदेखि नभएको भन्ने सम्बन्धमा छलफल भएको र आगामी दिनमा राजनीतिक तहमा भेटवार्ता हुनुपर्ने भन्ने विषयमा समझदारी भएको अध्यक्ष दाहालले बताउनुभयो । सञ्चारकर्मीको जिज्ञासामा उहाँले इण्डो प्यासिफिक रणनीतिका सम्बन्धमा नेपालले धेरै चिन्ता लिनु नपर्ने र नेपाललाई अप्ठ्यारो पार्ने कुनै मनशाय नरहेको उपसहायकमन्त्री वेल्सको भनाइ रहेको उहाँले जानकारी दिनुभयो ।

अमेरिकाको मेरिल्याण्ड राज्यको अदालतमा अध्यक्ष दाहालविरुद्ध परेको उजुरी परेको सम्बन्धमा स्पष्ट पार्दै उहाँले भन्नुभयो, “राहदानी दिने बेलामा नै मेरो बारेमा कुनै अनुसन्धान नगर्ने कुरा भएको थियो, तसर्थ त्यहाँ त्यस्तो केही हुने वाला थिएन ।” अमेरिकामा रहेका केही नेपालीमा नकारात्मक विचार रहेको र देशको बदनामी गरेर खुशी हुने प्रवृत्ति देखिएको बताउनुभयो । उहाँले भन्नुभयो, “यो नेपालका धेरै नेताहरुले अनुभव गरेको विषय हो ।”

भ्रमणका क्रममा त्यहाँ रहेका पार्टीका नेता कार्यकर्ता र अन्य विभिन्न विषयका विज्ञ नेपालीसँग अन्तक्र्रिया भएको जानकारी दिँदै अध्यक्ष दाहालले कार्यक्रम फलदायी भएको बताउनुभयो । “त्यसपछि म्यारिल्याण्ड गयौँ, त्यहाँको प्रदेशसभा सांसदले स्वागत गर्नुका साथै ऐतिहासिकस्थल र संरचनाको अवलोकन गर्ने काम भयो । समग्रमा राम्रो सन्देश गएको छ”, उहाँले भन्नुभयो । उहाँले आफ्नो भ्रमणका क्रममा अमेरिकी सरकारको राम्रो सहयोग रहेको जानकारी दिनुभयो ।

अध्यक्ष दाहाल धर्मपत्नी सीताको पार्किन्सन रोगको उपचारका क्रममा यही चैत ३ गते अमेरिका प्रस्थान गर्नुभएको थियो । विशेष प्रकृतिको रोग भएकाले त्यसको उपचारका लागि जोन हकिङ्स्, जर्ज टाउन र बर्मिङ्घम अस्पतालमा उपचार गराएको अध्यक्ष दाहालले जानकारी दिनुभयो । जाँचपछि औषधि दिन शुरु गरिएको र त्यसको प्रारम्भिक लक्षण राम्रो देखिएको उहाँले बताउनुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, १४ चैत्र बिहीबार  ८ : ५८ बजे

संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउन राष्ट्रपतिको आह्वान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानले नागरिक स्वतन्त्रता, कानुनी शासन,

टुँडिखेलमा संविधान दिवसको विशेष समारोह

काठमाडौं । संविधान दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह

गगनको ओली-प्रचण्डलाई जवाफ : ‘रास्वपालाई अलग गर्न मिल्दैन’

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले संविधानका नाममा राजनीतिक

संविधानको सफलता नागरिकले अनुभूति गर्नुपर्छ : मुख्यमन्त्री थापा मगर

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले संविधानको सफलता

संविधान दिवसमा इनरुवामा देखियो उत्सव

इनरुवा । संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा शनिबार सुनसरी