२०८३, १८ भाद्र शुक्रबार

धुलिखेलमा काभ्रे गोल्डकप हुने

धुलिखेलमा काभ्रे गोल्डकप हुने


काठमाण्डौ, चैत २: काभ्रे जिल्लामा अहिलेसम्मकै ठूलो धनराशी पुरस्कार भएको फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ ।

जिल्ला फुटबल संघ काभ्रेले धुलिखेल रंगशालामा यहि चैत ७ देखि १७ गतेसम्म फुटबल प्रतियोगिता आयोजना गर्न लागेको हो । प्रतियोगितामा प्रथम हुने टिमले ४ लाख नगद र ट्रफि पाउने छ भने द्धितिय हुनेले २ लाख नगद र ट्रफि पाउने आयोजकले बताएको छ ।

शनिबार धुलिखेलमा पत्रकार सम्मेलन गरी दिएका जानकारी अनुसार प्रतियोगितामा ए डिभिजनका ६ सहित १० टिपको सहभागि हुने छन् । प्रतियोगितामा ए डिभिजनका संकटा, नेपाल आर्मी, एपिए, जावलाखेल, फ्रेन्ड्स र प्ले फर अत्तरिया स्पोट्स क्लब सहभागि हुने जिल्ला फुटबल संघका अध्यक्ष विकास नारायण श्रेष्ठले जानकारी दिए ।

त्यस्तै प्रतियोगिमा काभ्रे, भक्तपुर, सिन्धुपाल्चोक र दोलखा जिल्ला फुटबल संघ पनि सहभागि हुने छन् । “प्रथम काभ्रे गोल्डकप” नाम दिइएको प्रतियोगिताको सबै खेल नक–आउट आधारमा खेलाइनेछ ।

प्रतियोगितामा उत्कृष्ट प्रशिक्षक, मूख्य प्रशिक्षक, रेफ्रि, स्ट्राइकर, डिफेन्डर, मिडफिल्ड, गोलकिपर र सर्वाधिक गोल कर्ता खेलाडी पुरस्कृत हुने जिल्ला फुटबल संघका महासचिव किशोर वरुणले बताए । प्रतियोगिता सम्पन्न गर्न ४५ लाख २५ हजार रुपैयाँ खर्च हुने बताइएको छ । प्रतियोगिताबाट ५१ लाख ५० हजार रुपैँया आम्दानी हुने आयोजकले अनुमान गरेको छ ।

यसैबीच काभ्रे जिल्लाबाट उक्त प्रतियोगितामा सहभागि खेलाडिहरुलाई जर्सी प्रदान गरिएको छ ।

काभ्रे जिल्ला फुटबल संघका पूर्व अध्यक्ष जंग बहादुर जंगमले खेलाडीहरुलाई दुई फरक फरक रंगको जर्सी प्रदान गरेका हुन् ।

प्रकाशित मिति : २०७५, २ चैत्र शनिबार  ७ : ०३ बजे

सिन्धुलीमा नेवार समुदायको विविध साँस्कृतिक कार्यक्रम (फोटो फिचर)

सिन्धुली: कृष्ण जन्माष्टमीको अवसरमा सिन्धुलीमाढीमा नेवार समुदायले लाखे नाच, रोपाई

किन मनाइन्छ श्रीकृष्ण जन्माष्टमी ? यस्तो छ धार्मिक महत्व

काठमाडौं । भगवान् श्रीकृष्णको जन्मोत्सवका रूपमा मनाइने कृष्ण जन्माष्टमी हिन्दू

ताप्लेजुङ गोल्डकपको उपाधिको लागी अजा सलहेस र फिदिमबिच प्रतिसप्रर्धा 

ताप्लेजुङ । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको फाइनल

बाढी प्रभावितको उद्धारमा सरकार गम्भीर रुपमा चुकेको छ : सुवास चन्द्र बराल

काठमाडौं । नेपाल इन्जिनियर्स एशोसिएसनका अध्यक्ष इन्जिनियर सुवासचन्द्र बरालले भोटेकोशी

श्रीकृष्ण जन्माष्टमी : पाटनको कृष्ण मन्दिरमा भक्तजनको घुइँचो

ललितपुर । भगवान् श्रीकृष्णको जन्मदिवसका रूपमा मनाइने श्रीकृष्ण जन्माष्टमीका अवसरमा देशभरका कृष्ण