२०८३, २४ आश्विन आईतबार

‘आश्चर्यजनक’ राजनीतिक सहमतिः अब के गर्लान् सीके ?

‘आश्चर्यजनक’ राजनीतिक सहमतिः अब के गर्लान् सीके ?


काठमाडौँ, फागुन २६ : सरकारसँग ११ बुँदे सहमति गरेर मुलधारको राजनीतिमा प्रवेश गरेका स्वतन्त्र मधेस गठबन्धनका संयोजक सीके राउत मधेसतर्फ लागेका छन् । सर्वोच्च अदालतको आदेशमा बिहीबार उनी पछिल्लो ५ महिना जेल बसाइबाट रिहा भएका थिए ।

सरकारले शुक्रबार उनीसँग ‘आश्चर्यजनक’ रुपमा राजनीतिक सहमति गरेको थियो । सहमतिको भोलिपल्टै उनी आफ्नो मागमा सरकार सहमत भएको भन्दै मधेस हान्निएका हुन् । अब उनको योजना के छ ? सुरक्षा निकायदेखि राजनीतिक कार्यकर्ता र आमजनता सबैको चासो छ । उनले सरकारसँग अचानक गरेको सहमतिले मधेसका राजनीतिमा पक्कै नयाँ ‘डिस्कोर्स’ दिनेछ ।

मधेस केन्द्रित दलमा यसबारे बहस सुरु भइसकेको छ । सत्तारुढ दलले पनि नेकपामा ल्याउँदा के होला भनेर हल्लाकै रुपमा भए पनि परीक्षण गरिसकेको छ कतिपयले प्रवेश गर्ने चर्चा गरेका छन् भने केहीले मधेस केन्द्रित दल बनाउने विश्लेषण गरिरहेका छन् । उनी कतै मधेस केन्द्रित दलसँगै मिल्न सक्ने अनुमान पनि धेरैको छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा नवीन झाले लेखेका छन् ।

प्रकाशित मिति : २०७५, २६ फाल्गुन आईतबार  ६ : ५५ बजे

आज कोशी र बागमतीसहित पहाडी क्षेत्रमा वर्षाको सम्भावना

काठमाडौं । देशमा पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको

कांग्रेस महाधिवेशन : महामन्त्रीमा प्रदीप पौडेलको अग्रता, उपसभापतिमा चन्द्रकान्त भण्डारी अगाडि

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जारी मतगणनामा केन्द्रीय महामन्त्री

आज घटस्थापना देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

काठमाडौं । नेपालीहरूको महान चाड बडादसैँको पहिलो दिन घटस्थापना देशभर

बुढीगण्डकी बाढीको वितण्डा : ३० भन्दा बढी घरमा क्षति, तीन पुल बगायो

गोरखा । गोरखाको बुढीगण्डकी नदीमा आएको बाढीले घर, टहरा र

बूढीगण्डकी नदीमा भीषण बाढी : तल्लो तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं । गोरखाको चुमनुब्री गाउँपालिका आसपास बूढीगण्डकी नदीमा भीषण बाढी