२०८३, २१ भाद्र सोमबार

राष्ट्रियता जोगाउन स्वाभिमानको यात्रामा छौँ : अध्यक्ष थापा

राष्ट्रियता जोगाउन स्वाभिमानको यात्रामा छौँ : अध्यक्ष थापा


सुर्खेत, २४ फागुन: राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राष्ट्रियता जोगाउन स्वाभिमान यात्रा शुरु गरेको बताउनुभएको छ । राष्ट्रिय स्वाभिमान यात्राको क्रममा कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आज आइपुग्नुभएका अध्यक्ष थापाले पत्रकारसँगको भेटघाटमा मुलुकको राष्ट्रिय खतरामा परेको उल्लेख गर्दै यसको बचाउमा राप्रपाले मेची–काली यात्रा थालेको बताउनुभयो ।

“हामीले यही फागुन १५ गतेदेखि शुरु गरेको मेची–काली यात्रा फागुन ३० गते काठमाडौँमा पुगेर समापन गर्दैछौँ”, उहाँले भन्नुभयो, “फागुन ७ गते नेपाल सरकारलाई बुझाएको २२बुँदे माग पूरा गर्नेतर्फ चित्त बुझ्ने गरी प्रतिबद्धता नदेखाए जनसंघर्षमा उत्रिन्छौँ ।” सनातन हिन्दू राष्ट्र घोषणा गराउने मुख्य लक्ष्य राखेको राप्रपाले राष्ट्रिय अखण्डता सुदृढ गर्ने, महङ्गी तथा कालोबजारी नियन्त्रण गर्नेलगायत मुलुकका समसामयिक राजनीतिक अवस्थाबारे सभामार्फत जनतालाई प्रष्ट्याउँदै आएको उहाँले बताउनुभयो ।

सङ्गठित रुपमा लोभलालच देखाएर र भ्रम सिर्जना गरेर जबर्जस्ती धर्म परिवर्तन गराउने कार्य नियन्त्रण गरिनुपर्ने, धर्म परिवर्तनमा संलग्न गैरसरकारी संस्थालाई बन्द गरिनुपर्ने र गौ हत्या नियन्त्रण गरिनुपर्ने अध्यक्ष थापाको भनाइ थियो । पार्टीले बेरोजगारी समस्या समाधानका लागि अल्पकालीन तथा दीर्घकालीन कार्ययोजना ल्याउनुपर्ने माग गर्दै वर्षमा कम्तिमा पाँच लाख रोजगारी सिर्जना गर्ने गरी दीर्घकालीन आर्थिक विकासका योजना सञ्चालन गर्नसमेत उहाँले आग्रह गर्नुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, २४ फाल्गुन शुक्रबार  ९ : ४८ बजे

निर्माण व्यवसायी संघ काभ्रेको नयाँ नेतृत्व चयन, अध्यक्षमा अकुर प्रसाद गौतम

काभ्रे । निर्माण व्यवसायी संघ, काभ्रेको १५औँ साधारण सभा तथा

राप्रपामा धक्का : महामन्त्री शरदराज पाठकले छाडे पार्टी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री शरदराज पाठकले पार्टीको

कांग्रेसमा फेरि बढ्यो विवाद : ‘महाधिवेशन अघि बढे पार्टी फुट्न सक्छ’ भन्दै रमेश लेखकको चेतावनी

कञ्चनपुर । नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद समाधान हुनुको साटो झन्

बाढी उद्धारमा आईजीपी कार्कीको निर्देशन : ‘कुनै कसर बाँकी नराख्नु’

काठमाडौं । भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीपछि उद्धार तथा

भोटेकोशी बाढी : ११औँ दिनसम्म ४ जनाको जीवित उद्धार, खोजी कार्य तीव्र

काठमाडौं । भोटेकोशी बाढी आएको ११औँ दिनसम्म जलविद्युत् आयोजनाका सुरुङ