२०८३, २४ आश्विन आईतबार

रवीन्द्रको सम्झना : श्रीमान् होइन, असल साथी गुमाएँ

रवीन्द्रको सम्झना : श्रीमान् होइन, असल साथी गुमाएँ


काठमाडौं, फागुन २१ : सहकार्यदेखि प्रेम र विवाहसम्म : रवीन्द्र अधिकारी सरकारात्मक सोच भएको, अरुको दुःखमा साथ दिन खोज्ने, देशलाई माया गर्ने इमान्दार व्यक्ति हुनुहुन्थ्यो । उहाँ आफ्नो छोराको असल बाबा हुनुहुन्थ्यो । आफ्नो बाबाको असल छोरा हुनुहुन्थ्यो । म उहाँलाई श्रीमान् भन्दिनँ । मैले दुर्घटनामा एक असल साथीलाई गुमाएकी छु ।

हाम्रो भेट ०५० मा भएको हो । त्यस वर्षको अन्तिममा हेटौँडामा अनेरास्ववियुको सम्मेलन भयो । म बागमतीबाट प्रतिनिधि थिएँ, उहाँ गण्डकीबाट । सम्मेलनमा हामी दुवै निर्वाचित भयौँ । त्यसैबेलादेखि आन्दोलन र संगठनमा भेटघाटले निरन्तरता पायो । सांगठनिक सहयात्रा थियो । आपसमा पनि नजिक हुन थाल्यौँ ।

बिस्तारै हाम्रो स्वभाव मिल्ने जस्तो देखिन थाल्यो । हामी दुईबारे संगठनमा समेत चर्चा हुन थाले । यो जोडी विवाह गर्दा राम्रो हुन्छ भनेर साथीहरुले सल्लाह पनि दिन थाले । तर, हामी बिहेबारे सोचिसकेका थिएनौँ । चर्चा हाम्रो घरसम्म पुगेछ । दुवैको घरमा सल्लाह पनि भएछ । घरमा यस बारे सामान्य सोधपुछ भयो । यसलाई मेरै जिम्मा छाडिदिनुस् भनिदिएँ । उहाँहरुले सहज रुपमा लिनुभयो । यो समाग्री गोविन्द पुरीको सहयोगमा नयाँ पत्रिकामा प्रकाशित छ ।

प्रकाशित मिति : २०७५, २१ फाल्गुन मंगलबार  ७ : ४८ बजे

आज कोशी र बागमतीसहित पहाडी क्षेत्रमा वर्षाको सम्भावना

काठमाडौं । देशमा पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको

कांग्रेस महाधिवेशन : महामन्त्रीमा प्रदीप पौडेलको अग्रता, उपसभापतिमा चन्द्रकान्त भण्डारी अगाडि

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जारी मतगणनामा केन्द्रीय महामन्त्री

आज घटस्थापना देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

काठमाडौं । नेपालीहरूको महान चाड बडादसैँको पहिलो दिन घटस्थापना देशभर

बुढीगण्डकी बाढीको वितण्डा : ३० भन्दा बढी घरमा क्षति, तीन पुल बगायो

गोरखा । गोरखाको बुढीगण्डकी नदीमा आएको बाढीले घर, टहरा र

बूढीगण्डकी नदीमा भीषण बाढी : तल्लो तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं । गोरखाको चुमनुब्री गाउँपालिका आसपास बूढीगण्डकी नदीमा भीषण बाढी