२०८३, ३० जेष्ठ आईतबार

जिल्लामै विकास गरे कोही विदेशिनु पर्दैन: पूर्व राष्ट्रपति यादव

जिल्लामै विकास गरे कोही विदेशिनु पर्दैन: पूर्व राष्ट्रपति यादव


धादिङ, १७ फागुन: पूर्व राष्ट्रपति डा रामवरण यादवले स्थानीय तहको सरकारले विकासका लागि काम गर्ने र सीप तथा रोजगारीमूलक शिक्षामा लगानी गरेमा कोही पनि विदेश जानु नपर्ने बताउनुभएको छ ।

जिल्ला होटल सङ्घङले आज धादिङबेँसीमा आयोजना गरेको ‘धादिङ पर्यटन तथा औद्योगिक मेला’को उद्घाटन गर्दै डा यादवले वर्तमान संविधानअनुसार सबै सरकारले शिक्षामा लगानी गरी विकासका लागि काम गर्नुपर्नेमा जोड दिनुभयो ।

मिलेर विकास गर्नका लागि सबैको साझेदारी र हातेमालो हुनुपर्नेमा जोड दिँदै डा यादवले ४० लाख नेपाली विदेशमा रहेकाले उनीहरुलाई गाउँघरमै रोजगारी दिन सरकारले काम गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा सङ्घीय सांसद खेमप्रसाद लोहनी, पूर्वमन्त्री कल्पना धमलालगायतले शुभकामना व्यक्त गर्नुभएको थियो । मेलामा दुई सय प्रदर्शनी कक्ष रहेको छ ।
-रासस

प्रकाशित मिति : २०७५, १७ फाल्गुन शुक्रबार  ७ : ३० बजे

कोशी प्रदेशमा खेलकुदलाई उच्च प्राथमिकता : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेश सरकारले

विराटनगरमा कांग्रेस इतर समूहको शक्ति प्रदर्शन : कोइराला–सिटौला–गच्छदार एकै मञ्चमा

विराटनगर । नेपाली कांग्रेसको संस्थापन इतर समूहले विराटनगरमा शक्ति प्रदर्शनसहित

स्थानीय र प्रदेश निर्वाचन लक्षित गर्दै एमालेको देशव्यापी ‘मिसन जागरण’ सुरु

काठमाडौँ । नेकपा एमालेले आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनलाई

दलित उत्पीडित आन्दोलन सशक्त बनाउन कोशी प्रदेश तदर्थ समिति गठन

काठमाडौं । नेपाल दलित उत्पीडित केन्द्र कोशी प्रदेश समन्वय सम्पर्क

रोपाइँको मुखमा किसानलाई मल–बीउ उपलब्ध गराउन एमालेको माग

काठमाडौं । नेकपा एमाले बागमती प्रदेश कमिटीले धान रोपाइँ तथा