२०८३, २४ आश्विन आईतबार

भरोसायोग्य युवा नेताको निधन : अध्यक्षद्वय

भरोसायोग्य युवा नेताको निधन : अध्यक्षद्वय


काठमाडौँ, १५ फागुन : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हेलिकप्टर दुर्घटनामा परी संस्कृति, पर्यटन तथा नागरिक उडड्यमन्त्री रवीन्द्र अधिकारीको निधनबाट पार्टीले प्रचुर सम्भावना बोकेको भरोसायोग्य युवा नेता गुमाएको जनाउनुभएको छ । अध्यक्षद्वयले आज जारी गर्नुभएको शोक वक्तव्यमा अधिकारीको निधनबाट पार्टी केन्द्रीय कमिटीका एक जना होनाहार सदस्य, विकासप्रेमी जनप्रतिनिधि गुमाएको उल्लेख गर्दै नेपालको कम्युनिष्ट आन्दोलनमा उहाँले पु¥याएको योगदानको उच्च मूल्याङ्कन गर्दै हार्दिक श्रद्धाञ्जलि अर्पण गरिएको छ ।

आज दिउँसो १ बजेतिर ताप्लेजुङको फुङलिङ–१०, सिस्नेभिरमा एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटना हुँदा अधिकारीसहित सात जनाको निधन भएको थियो । दुर्घटनाबाट मुलुकलाई अपूरणीय क्षति भएको र मुलुकले जनता र विकासप्रति सदैव समर्पितयोग्य जनप्रतिनिधि गुमाउनाका साथै निजी क्षेत्रबाट देशको विकासप्रेमी पर्यटन उद्यमी, राष्ट्रसेवक कर्मचारी र हेलिकप्टर चालकको निधन भएको खबरले पार्टी स्तब्ध भएको अध्यक्षद्वयको वक्तव्यमा उल्लेख छ ।

दुर्घटनामा परी निधन भएका यति एयरलाइन्सका प्रबन्ध निर्देशक तथा स्थापित पर्यटन उद्यमी आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, नेपाल नागरिक उडड्यन प्राधिकरणका निर्देशक धु्रवदास भोछिभया, प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल, हेलिकप्टर चालक प्रभाकर केसी र मन्त्री अधिकारीका अङ्गरक्षक नेपाली सेनाका जमदार अर्जुन घिमिरेको निधन भएको थियो । पार्टीको वक्तव्यमा दिवङ्गतप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै उहाँहरुको शोकाकुल परिवार तथा आफन्तहरुप्रति गहिरो समवेदाना व्यक्त गरिएको छ ।
-रासस

प्रकाशित मिति : २०७५, १५ फाल्गुन बुधबार  ७ : ४५ बजे

बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न गृहमन्त्रीको आग्रह

काठमाडौं । गोरखाको चुमनुब्री गाउँपालिका–३ स्थित न्याक्चेत र फिलिम बजार

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ५४६ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ५४६ वटा सवारीसाधनका

विदेशी मुद्राको विनिमयदर : अमेरिकी डलरको खरिददर १५४.४८ रुपैयाँ

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

आज कोशी र बागमतीसहित पहाडी क्षेत्रमा वर्षाको सम्भावना

काठमाडौं । देशमा पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको

कांग्रेस महाधिवेशन : महामन्त्रीमा प्रदीप पौडेलको अग्रता, उपसभापतिमा चन्द्रकान्त भण्डारी अगाडि

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जारी मतगणनामा केन्द्रीय महामन्त्री