२०८३, २४ आश्विन आईतबार

‘प्रदेश र स्थानीय तहको अधिकार खोसिएको छैन’ :मन्त्री ढकाल

‘प्रदेश र स्थानीय तहको अधिकार खोसिएको छैन’ :मन्त्री ढकाल


उर्लाबारी, १४ फागुन : कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले सरकारले प्रदेश र स्थानीय तहको अधिकार नखोसेको बताउनुभएको छ । आज दिउँसो बेलवारी नगरपालिका–११ मा चौलागाईं प्रतिष्ठान नेपालद्वारा आयोजित महायज्ञको उद्घाटन गर्दै उहाँले सङ्घीय सरकारले प्रदेश र स्थानीय तहको अधिकार खोस्यो भन्ने हल्ला मात्र रहेको बताउनुभयो ।

मोरङ क्षेत्र नं ३ का सांसदसमेत रहनुभएका उहाँले नेपालमा पर्यटनको सम्भावना हुँदाहुँदै पनि केही गर्न नसकिएको बताउनुभयो । बाह्य पर्यटलाई भनेजस्तो भित्र्याउन नसकिएको उल्लेख गर्दै पर्यटकका लागि बस्ने ठाउँ तथा अन्य सेवासुविधा नभएका कारण घुम्न नआउने गरेको बताउनुभयो । प्रदेश नं १ मा सगरमाथादेखि पाथीभरासम्म भए पनि बाह्य पर्यटलाई राख्ने होटल तथा स्थानीय परिकारका खानालगायत अन्य संरचना विकास गर्न नसकिएको उल्लेख गर्नुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, १४ फाल्गुन मंगलबार  ९ : ०९ बजे

बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न गृहमन्त्रीको आग्रह

काठमाडौं । गोरखाको चुमनुब्री गाउँपालिका–३ स्थित न्याक्चेत र फिलिम बजार

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ५४६ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ५४६ वटा सवारीसाधनका

विदेशी मुद्राको विनिमयदर : अमेरिकी डलरको खरिददर १५४.४८ रुपैयाँ

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

आज कोशी र बागमतीसहित पहाडी क्षेत्रमा वर्षाको सम्भावना

काठमाडौं । देशमा पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको

कांग्रेस महाधिवेशन : महामन्त्रीमा प्रदीप पौडेलको अग्रता, उपसभापतिमा चन्द्रकान्त भण्डारी अगाडि

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जारी मतगणनामा केन्द्रीय महामन्त्री