२०८३, ७ कार्तिक शनिबार

नेपाली फुटबलको विकासका लागि कुनै कसुर बाँकी नराख्ने प्रशिक्षक कलिनको भनाई

नेपाली फुटबलको विकासका लागि कुनै कसुर बाँकी नराख्ने प्रशिक्षक कलिनको भनाई


काठमाडौँ, फागुन १२ गते: नेपाली राष्ट्रिय फुटबल टोलीका नवनियुक्त मुख्य प्रशिक्षक योहान कलिनले नेपाली फुटबलको स्तर सुधारका लागि आफूले सक्दो पहल गर्ने बताएका छन् ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) द्वारा आइतबार यहाँ आयोजित पत्रकार सम्मेलनमा मुख्य प्रशिक्षक कलिनले नेपाली फुटबलसँग आफू परिचित रहेकाले नेपाली फुटबलको विकासमा आफू सक्रिय भएर लाग्ने बताए ।

एन्फा०द्वारा आइतबार यहाँ आयोजित पत्रकार सम्मेलनमा मुख्य प्रशिक्षक कलिनले नेपाली फुटबलसँग आफू परिचित रहेकाले नेपाली फुटबलको विकासमा आफू सक्रिय भएर लाग्ने बताए ।

विसं २०७० मा काठमाडौँमा भएको शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा मच्छिन्द्र क्लबको जिम्मेवारी समाल्न उनी नेपाल आउनुभएका थिए ।

एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले कागजी प्रक्रिया मिलाउन बाँकी रहेकाले कलिनसँगको सम्झौताबारे केही दिनमा सार्वजनिक गरिने बताए । एन्फाले स्विडेनका नागरिक कलिनसँग दुई वर्षका लागि सम्झौता गरेको हो । रासस

प्रकाशित मिति : २०७५, १२ फाल्गुन आईतबार  ७ : ३९ बजे

३५ वर्षमा देशले ठूलो फड्को मारेको छ : महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री महेश बस्नेतले पछिल्लो

हिमपातमा बेपत्ता ३०७ पशुको २७ दिनपछि जीवितै उद्धार

सुर्खेत । हुम्लाको नाम्खा गाउँपालिका–६ स्थित हिमालपारीको गाउँ लिमीको उच्च

चीनमा भूकम्प : राहतका लागि बजेट विनियोजन, यसरी हुँदैछ उद्धार

एकाठमाडौं । चीनले दक्षिणपश्चिमी चीनको सिजाङ स्वायत्त क्षेत्रमा गएको ७.०

कालीकोटमा पहिलो पटक पुल–अप होल्ड च्यालेन्ज प्रतियोगिता सम्पन्न

कालीकोट। बडादशैं तथा तिहारको उपलक्ष्यमा कालीकोट जिल्लामा पहिलो पटक पुल–अप

मुगुका ६ हजार १०० नागरिकले पाए गाउँमै निःशुल्क उपचार र औषधि, स्थानीय हर्षित

मुगु । भौगोलिक विकटता र आर्थिक अभावका कारण स्वास्थ्य सेवाबाट