२०८३, ११ कार्तिक बुधबार

भक्तपुरको चमेना गृहमै वेश्यावृत्ति : सञ्चालिकासहित ६ जना पक्राउ

भक्तपुरको चमेना गृहमै वेश्यावृत्ति : सञ्चालिकासहित ६ जना पक्राउ


भक्तपुर, २४ माघ: भक्तपुरको सूर्यविनायक नगरपालिका–८ सिपाडोलको आदर्शस्थित एक चमेना गृहमै वेश्यावृत्ति हुने गरेको पाइएको छ । भक्तपुर प्रहरीले उक्त चमेना गृहबाट अनैतिक क्रियाकलाप गरिरहेको अवस्थामा चार महिला र एक पुरुषलाई नियन्त्रणमा लिएको उक्त तथ्य बाहिर आएको हो ।महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक रेवतीरमण पोखरेलका अनुसार गएको माघ १९ गते आदर्शस्थित कस्तुरी चमेनाबाट उनीहरुलाई नियन्त्रणमा लिइएको हो ।

प्रहरीले चमेना गृह सञ्चालिका नुवाकोटको तादी गाउँपालिका–२ घर भई हाल काठमाडौं कोटेश्वर बस्ने ४५ वर्षीया पार्वती भन्ने गोमा गोतामेलाईसमेत नियन्त्रणमा लिएको छ । प्रहरीले गोप्य सूचनाको आधारमा उक्त चमेना गृहमा छापा मारेको थियो ।‘कस्तुरी चमेना गृहमा वेश्यावृत्ति हुने गरेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले छापा मार्दा चार महिला र एक पुरूष अनैतिक क्रियाकलाप गरिरहेको अवस्थामा फेला परेका थिए’, प्रहरी नायव उपरीक्षक पोखरेलले भने, ‘चमेना गृहको कोठामा वेश्यावृत्तिसम्बन्धी अन्य प्रमाणहरुसमेत बरामद भएका छन् ।’

उनले पक्राउ परेका ६ नै जनालाई जिल्ला अदालत भक्तपुरमा पेस गरी म्याद थप गरिएको जानकारी दिए । उनीहरुमाथि सार्वजनिक हित, स्वास्थ्य सुरक्षा, सुविधा र नैतिकताविरुद्धको कसुरअन्तर्गत अनुसन्धान भइरहेको भक्तपुर प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७५, २४ माघ बिहीबार  ६ : २८ बजे

इजरायलमा नेतान्याहुको लिकुड पार्टी अगाडि, सरकार गठनमा अन्योल

२५ प्रतिशत मतगणना हुँदा लिकुडलाई ३२ सिटको अग्रता, गठबन्धनले ६३

उपत्यकामा २४ घण्टामा ६४३ सवारीसाधनमाथि कारबाही

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ६४३ सवारीसाधनमाथि

दशैं तिहारमा राराताल आउने पर्यटक बढे

कालीकोट । दशैं तिहारको बिदामा राराताल घुम्न आउने पर्यटकको संख्यामा

नेपालका शासकले फ्रान्सबाट के सिक्ने ?

फ्रान्सको आन्दोलन नेपालका शासकका लागि पनि चेतावनी हो। जनताको असन्तुष्टिलाई

लुम्बिनीका सभामुख घर्तीसहित पाँच जनाविरुद्ध जालसाजीको आरोपमा मुद्दा

बुटवल । लुम्बिनी प्रदेशसभाका सभामुख तुलाराम घर्ती र प्रदेशसभा सचिव