२०८१, २२ माघ मंगलबार

दाङमा हतियार उद्योग चलाउने २ जना पक्राउ

दाङमा हतियार उद्योग चलाउने २ जना पक्राउ


घोराही, २१ माघ: जिल्ला प्रहरी कार्यालय दाङले घरेलु तौरतरिकाबाट हतियार बनाउने उद्योग चलाउँदै आएका दुई जनालाई पक्राउ गरेको छ । राजपुर गाउँपालिका–७ भौवानाका ५९ वर्षीय जीतबहादुर बुढा र रुद्रमणि घर्तीलाई पक्राउ गरिएको हो ।

प्रहरी प्रवक्ता रामप्रसाद घर्तीका अनुसार भौवा नाकामा बस्ने बुढाको घरबाट पाँच थान बन्दुक, १२ बोर राइफल एक थान, एयरगन राइफल तीन थान, कटुवा पेस्तोल एक थान, रिभल्वर एक थान, सानो हतियार १२ थान तथा ठूलो हतियारको नाल २९ थान बरामद गरिएको छ । हातहतियार बनाउन प्रयोग गरिने आरनको मेसिन एक थान, पङ्खा घुमाउने फित्ता, काठको पङ्खा, रिङ, रेती, हेक्साब्लेट, हतौडा, पेचकस, छिना सनासो, उदाउने ढुङ्गा, सम्मीलगायत सामग्रीसमेत बरामद गरिएको छ ।

यस्तै सटगनको हतियारमा प्रयोग हुने खोका १० थान, बोल्टु, काजा, सुइरो, विभिन्न आकारको स्क्रु र पित्तल गलाउने धूलो पनि सो उद्योगमा फेला परेको थियो । प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा घर्ती र बुढाले सशस्त्र द्वन्द्वको समयमा पनि हतियार बनाउने गरेको पाइएको छ । प्रहरी उपरीक्षक वेलबहादुर पाण्डेका अनुसार घरेलुरुपमा चलाइरहेको उक्त उद्योगमा बनाइएका हतियार भारतको बजारमा बिक्री गरिँदै आएको थियो । “नेपालमा पनि उनीहरुले हतियार बेचेका रहेछन्,” उहाँले भन्नुभयो । पक्राउ परेकाविरुद्ध हतियार तथा खरखजानासम्बन्धी कसुरको मुद्दा चलाइनेछ ।
-रासस

प्रकाशित मिति : २०७५, २१ माघ सोमबार  ८ : २६ बजे

प्रचण्डको अभिव्यक्तिमा एमालेको आपत्ति

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौँलाले नेकपा माओवादी

हामीले क्रान्तिका कुरा गर्यौं तर हुलाक सेवालाई परिवर्तन गर्न सकेनौं’

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुव्वा गुरुङले राजनीतिक

सशस्त्र प्रहरीको विपद् प्रतिकार्यका लागि ५३ औं टोली तयार

सप्तरी । विपद् व्यवस्थापन कार्यमा खटिँदै आएको सशस्त्र प्रहरी बल,

आजको मौसम अपडेट : तराईमा बाक्लो हुस्सु, केही प्रदेशमा बदली हुने

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले

प्रधानमन्त्रीको प्रतिवद्धतापछि मन्त्री पौडेल उत्साहित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य बीमा सुधार सुझाव