२०८१, २३ भाद्र आईतबार

काभ्रेको डाँडापारीमा इलाका प्रहरी कार्यालय स्थापना गर्ने गृहमन्त्री बादलको घोषणा

काभ्रेको डाँडापारीमा इलाका प्रहरी कार्यालय स्थापना गर्ने गृहमन्त्री बादलको घोषणा


काठमाण्डौ २० माघ: गृहमन्त्री राम बहादुर थापाले काभ्रेको महाभारत गाउँपालिकामा छिट्टै इलाका प्रहरी कार्यालय स्थापना गरिने बताएका छन् ।

आइतबार ल्होछार कार्यक्रममा सहभागि हुन बनखु पुगेका गृहमन्त्री बादलले आम नारिकको सुरक्षा सरकारको पहिलो प्राथमिकता भएको भन्दै इलाका प्रहरी कार्यालय स्थापना गरिने बताएका हुन् ।

महाभारत गाउँपालिका इलाका प्रशासन कार्यालय स्थापना भएको छ । तर प्रहरी प्रशासन नहुदाँ गाउँपालिकाकै न्यायिक समितिलाई समेत काम गर्न अप्ठ्यारो भइरहेको परिस्थितिका माज गृहमन्त्री थापाले सुविधा सम्पन्न कार्यालय र थप दरबन्दी सहितको इकाला प्रहरी कार्यालय स्थापना गरिने बताएका हुन् ।

गृहमन्त्री थापाले विकास र सुशासनसँग सगै लैजाने सरकारको योजना रहेको पनि बताए । जनयुद्ध देखि नै विभिन्न जात, जाति भाषाको कुरा उठाउँदै संविधानमै उल्लेख भइसकेको भन्दै उनले अब त्यसलाई ब्यवहारमा उतार्दै जाने समेत उल्लेख गरे ।

फरक प्रसंगमा गृहमन्त्री थापाले सरकार र पार्टीलाई असफल बनाउन देशी विदेशी शक्तीहरु चौतर्फि रुपमा निकै सक्रिय भएको दाबी गरे । ‘यो वा त्यो बहानामा नेपाललाई अस्थिर मुलुक बनाइ राख्न चाहाने शक्ति सक्रिय छ, उनले भने ‘तर त्यो असफल बनाउने प्रयास कुनै पनि हालतमा सफल हुन दिइदैँन्, सरकार ढुक्क भएर आफ्ना मुलुकका जनताको हितमा काम गर्छ ।’

संघीय सासंद नविना लामाले डाँडापारि क्षेत्रको विकासका लागि राष्ट्रिय स्तरकै ठूला योजनाहरु सञ्चालन गरेर नागरिकको जीवन स्तर सहज बताइने बताइन् । ‘डाँडापारिका स्थानीयले खेप्दै आएको दुःखलाई अब विकास मार्फत सुःखमा परिणत गराउँन हामी लाग्छौँ, उनले भनिन् ‘यहाँको मूख्य समस्या सडक हो, विकट भएर पनि विकासको नमूना हेर्न अन्य ठाउँका मानिस समेत डाँडापारि आउने वातारण निर्माण गर्न हामी सबै जुटौँँ ।’

सासंद लामाले डाँडापारिका स्थानीयहरुको हरेक दुःख, सुःखमा आफ्नो साथ र सहयोग रहिरहने स्पष्ट पारिन ।

प्रदेश सासंद रत्न ढकालले आफ्नो विकास क्षेत्रका हरेक योजना महाभारत गाउँपालिकाबाटै सुरु गर्ने बताए । उनले अबको एकवर्षभित्र महाभारत गाउँपालिका सदरमुकामसँग सिधा सडक सञ्जालमा जोडिएने दाबी समेत गरे ।

यसैबीच भोली महाभारत गाउँपालिका वडा नम्बर ५ बुढाखानी ग्रामोन्नती मावि भवन उद्घाटन र खानीखोला गाउँपालिकालाई साक्षर गाउँपालिका घोषणा गर्न सुचना, सञ्चार तथा प्रविधि मन्त्री गोकुल बास्कोटा डाँडापारि जाने भएका छन् ।

प्रकाशित मिति : २०७५, २० माघ आईतबार  ५ : २० बजे

भृकुटीमण्डपमा विद्युतीय अन्तर्राष्ट्रिय प्रदर्शनी सुरु

काठमाडौ । काठमाडौँमा ‘तेस्रो नेपाल पावर, लाइट एण्ड इलेक्ट्रिक तथा

तीज पर्वले महिलाविरुद्ध हुने सबैखाले हिंसा अन्त्य गर्ने सभामुख घिमिरेको विश्वास

काठमाडौं । सभामुख देवराज घिमिरेले तीजले महिलाविरुद्ध हुने सबै प्रकारका

तीज गीतमा छैन मौलिकता : परिवारसँगै बसेर सुन्न र हेर्न नसकिने

आकांक्षा धामी काठमाडौं । पछिल्लो समय नेपाली समाजमा तीज गीतहरूको

मौसम पूर्वानुमान : यी चार प्रदेशमा भारी वर्षा हुने

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।

‘अशक्तहरुले तीजमा ब्रत बस्नैपर्छ भन्ने शास्त्रमा उल्लेख छैन’

अहिलेको समाजमा न त शास्त्रको मर्यादा छ, न कुलको परम्परा